कावासाकीको दुई पावरफुल इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । पावरफुल मोटरसाइकल उत्पादक कम्पनी कावासाकीले इलेक्ट्रीक मोटरसाइकल उत्पादन गरेको छ । कम्पनीले इटालीको मिलानमा जारी इआइसीएमए अटो एक्स्पोमा दुई नयाँ मोटरसाइकल प्रदर्शनी गरेको हो ।

कम्पनीले जेड र निन्जा दुई इलेक्ट्रीक मोटरसाइकलको कन्सेप्ट मोडल सार्वजनिक गरेको छ । जेड इलेक्ट्रीकको डिजाइन कावासाकी जेड २५० मा आधारित रहेको छ । तर, इलेक्ट्रीक भर्सनमा मोटरसाइकलको हेडल्याम्प र ट्याङक भने अझै अग्रेशिभ देखिन्छ ।

त्यस्तै, निन्जा इलेक्ट्रीकको डिजाइन निन्जा २५० बाट प्रभावित देखिन्छ । यसको फ्रन्टमा अग्रेशिभ हेडल्याम्प, फुल फियरिङ डिजाइन, स्प्लीट सिट देख्न सकिन्छ ।

यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध छ ।

कम्पनीले यी दुबै मोटरसाइकलको मोटर, ब्याट्री पावर तथा फिचरको बारेमा कुनै जानकारी बाहिर ल्याएको छैन ।

कावासाकी सुपर स्पोर्टस् मोटरसाइकल निर्माण गर्ने कम्पनीको रुपमा परितिच छ । कम्पनीले यी मोटरसाइकल कहिलेसम्म बजारमा ल्याउँछ भन्ने बारे कुनै जानकारी बाहिर ल्याएको छैन ।


Back_to_top