कियाको ईभी-४ ह्याचब्याक र सेडानमा आउने

काठमाडौं । किया मोटर्सले इलेक्ट्रीक सेडान र ह्याचब्याक डिजाइनमा ईभी-४ रिभिल गरेको छ । किया मोटर्सले आज ईभी-४ को फोटोहरू सार्वजनिक गर्दै आगामी फेब्रुअरी २७ मा ईभी-२, ईभी-४  र पीभी-५ रिभिल गर्ने बताएको हो ।

फेब्रुअरी २७ मा कियाले स्पेनमा वार्षिक ईभीडे इभेन्ट संचालन गर्दैछ । कम्पनीकाे उक्त दिनमा ईभी-४, पीभी-५ को प्रोडक्सन भर्सन  र ईभी-२ को कन्सेप्ट सार्वजनिक गर्ने याेजना रहेकाे छ ।

कियाले सन् २०२३ मै ईभी-४ को कन्सेप्ट भर्सन देखाएको थियो । क्रसओरभ डिजाइनको यो ईभी कियाको अपोजिट युनाइटेड डिजाइन ल्याङ्वेजमा आधारीत रहेको छ । यो डिजाइन फिलोसोफिमा सार्पलाइनको साथमा बोल्ड र टेक्निकल डिटेल्सको समिश्रण रहेको छ ।

सेडान र ह्याचब्याक दुई अप्सनमा उपलब्ध हुने किया-४ लाइफस्टाइल फोकस वायरहरूलाई लक्षित गरी डिजाइन गरिएको हो । यसको फ्रन्टमा कियाको नयाँ ईभी टाइगर फेस डिजाइन दिएको छ । यसको भर्टिकल डिजाइनको लाइटहरूले स्टारम्याप लाइटिङ सिग्नेचर बनाएको छ । रियरमा दिएको टुपिस स्पोइलर वाइड टेललाइट डिजाइन तथा १९ इन्चको ह्वीलले यो ईभी आकर्षक देखिएको छ ।


Back_to_top