किया मोटर्सले ‘निरो इलेक्ट्रिक क्रश ओभर’लाई दक्षिण कोरियामा सार्वजनिक गरेको छ । युरोपमा डेब्यू गर्ने उदेश्य अनुरुप कारलाई फ्रान्सको पेरिसमा आयोजित अटो शोमा सार्वजनिक गरिएको थियो । निरो इलेक्ट्रोनिक भेहिकल कम्पनीको हाइब्रिड तथा प्लग इन हाइब्रिड भ्यारियन्टसंगै बिक्री गर्ने कम्पनीले जनाएको छ ।
वर्षको अन्त्य सम्ममा निरो इलेक्ट्रिकलाई युरोपमा बेच्न सुरु गरिने छ भने कम्पनीले ५ हजार कारको अग्रिम बुकिंगका लागि अर्डर आएको दाबी गरेको छ । कोना इलेक्ट्रिक कारको जस्तै निरो इलेक्ट्रिक ह्वीकल्समा ६४ किलोवाट ब्याट्री लगाइएको छ । एक पटक फुल चार्ज गरेपछि कारलाई ४ सय ५० किलोमिटर सम्म चलाउँन सकिने कम्पनीले जनाएको छ । निरो इलेक्ट्रिकको ब्याट्रीलाई ८० प्रतिशत चार्ज गर्न जम्मा ५४ मिनेट समय लाग्ने छ ।
किआ मोटर्समा निरो इलेक्ट्रिकको लोअर भ्यारियन्टको भर्सनमा पनि याे कार उपलब्ध गराएकाे छ । जसमा ३९.२ किलोवाट व्याट्री दिईएको छ भने यसलाई एकपटक चार्ज पश्चात ३०० किलोमिटर कार चलाउँन सकिन्छ ।
कम्पनीले अमेरिकास्थित क्लानिफोर्निया तथा कोरियाको नामयांग प्लान्टमा यो कारको डिजाइनिंग गरेको थियो । यसमा एडभान्स ड्राइभर असिस्टेन्ट प्रणाली लगाईएको छ जसले ड्राइभिङलाई सुरक्षित बनाउँन मद्धत पुर्याउँछ । कारको अगाडिको हिस्सामा चार्जिङ पोर्ट लगाइएको छ । निरो इलेक्ट्रिक मा १७ इन्चको डायमन्ड कट टु फिनिशिंग भएको एलाय ह्वील दिइएको छ । यसको हेडलाइट रिडिजाइन गरिएको हो जसमा ब्लु ट्रिम हाइटलाइट्सका साथै दिनमा बल्ने एलइडी लाइट्स लगाईएको छ ।

