किया सेल्टोस इलेक्ट्रीकमा आउने, एसियन बजार मुख्य प्राथमिकतामा

कियाले एसियाली बजारलाई ध्यानमा राख्दै आफ्नो चर्चित बन्दै गएको एसयूभी सेल्टोसलाई इलेक्ट्रीक भर्सनमा ल्याउने चर्चा सुरु भएको छ । एसियाली बजारमा कम मूल्यमा उत्कृष्ट इलेक्ट्रीक कार दिन सकिन्छ भन्दै कियाले सेल्टोसलाई इलेक्ट्रीकमा ल्याउन लागेको जनाएको छ । 

किया सेल्टोस भारतीय बजारमा उत्पादन भएर एसियाली बजारमा बिक्री सुरु भएको हो । केही दिनअघि मात्रै नेपाली बजारमा यसको आधिकारीक बिक्री सुरु भएको छ । 

इन्साइड इभीले गरेको दाबी अनुसार किया सेल्टोस इलेक्ट्रीकमा ६४ किलोवाट आवर क्षेमताको लिथियन आयोन व्याट्री र १५० किलोवाटको इलेक्ट्रीक मोटर दिने छ । यसले एक पटकको फुलचार्जमा ४०० मिलोमिटरभन्दा बढी रेञ्ज प्रदान गर्ने बताइएको छ । यसको क्षमता किया निरोभन्दा केही कम हुनेछ ।

कियाले सेल्टोस इलेक्ट्रीकको उत्पादन कोड नेम एसपी२ इभी राखेको अनुमान गरिएको छ । यसको विषयमा थप कुनै जानकारी कम्पनीले उपलब्ध गराएको छैन । यद्यपी यसलाई २०२० को अन्त्यसम्ममा कम्पनीले ग्लोवल प्रिमियर गर्न सक्ने आँकलन गरिएको छ ।


Back_to_top