सामान्य ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवाना

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरिएको छ । यातायात व्यवस्था विभागले तयार गर्दै गरेको संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा उत्तः व्यबस्था गर्न लागिएको हो । 

विभागका अनुसार ऐनको मस्यौदामा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गरिएको छ । विभागले अहिलेको जरिवाना अत्यन्त न्यून भएको र लापरबाही अझै बढेको भन्दै जरिवाना रकम ५ हजार पुर्याउन प्रस्ताव गरेको जनाएको छ । 

यसका विषयमा विभागले कस्तो संघीय सवारी तथा यातायात व्यवस्था ऐन ठिक हुन्छ भन्ने विषयमा पुस १३ र १४ गते काठमाडौंमा छलफल कार्यक्रम आयोजना गर्दैछ।

प्रदेश सरकारसँग छलफलपछि ऐनको ड्राफ्टलाई मन्त्रालय पठाउने तयारी विभागले गरिरहेको छ । प्रस्तावित ऐन संसदले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । 

प्रस्ताव गर्न लागिएको ऐन हुबहु पासभए ट्राफिक उल्लंघन गर्ने चालकलाई सामान्य कसुरमा पनि ५ हजार जरिवाना हुनेछ ।


Back_to_top