यामाहाले ११० सीसी इन्जिनका स्कुटर बन्द गर्ने

काठमाडौं । यामाहा मोटर्सले भारतीय बजारमा उत्पादन गर्दै आएका ११० सीसी क्षमताका स्कुटर बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले भारतमा लागुभएको नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा १२५ सीसी क्षमतामा मात्रै स्कुटर उत्पादन गर्ने भएसँगै ११० सीसी सेग्मेन्टका स्कुटर बन्द हुने भएको हो । 

यामाहाले अहिले नेपाली बजारमा बिक्री गर्दै आएको ११३ सीसीका फेसिनो, रेजेड र रेजेड आर स्ट्रीट र्यालीको उत्पादन बन्द गर्दै तिन वटै स्कुटरलाई १२५ सीसी क्षमतामा ल्याउने भएको हो ।

जापानी अटोमोबाइल कम्पनी यामाहाले १२५ सीसी सेग्मेन्टका तीन स्कुटरलाई परिमार्जन गरेको छ । यामाहा फेसिनो, रे जेड आर र स्ट्रिट र्यालीमा नयाँ फिचर थप्नुका साथै बिएस ६ मापदन्ड अनुसारको फ्युल इन्जेक्टेड इन्जिन लगाएको हो ।

यसअघि बिक्री हुँदै आएको रेजेडको मूल्य १ लाख ९२ हजार ९००, फेसिनोको मूल्य २ लाख ९ हजार ९०० र रेजेड आर स्ट्रीट र्यालीको मूल्य २ लाख १७ हजार ९०० रहेकोमा अब यी सबै स्कुटरको बिक्री २०२० को मध्यसम्ममा बन्द गर्दै १२५ सीसी क्षेमताको इन्जिनमा बिक्री गर्ने भएको हो । इन्जिनमा अपग्रेडसँगै यी स्कुटरको मूल्यसमेत महंगो हुने पक्का भएको छ ।

कम्पनीले यी मोडलको बिक्री भारतमा भने २०२० को अप्रिल १ देखि बन्द गर्ने भएको छ । 

नयाँ फेसिनो र रेजेडमा उपलब्ध एफआई इन्जिनले ८.२ हर्ष पावरका साथै ९.७ एनएम टर्क उत्पादन गर्छ । 

पुरानो मोडलको तुलनामा नयाँ मोडलले १६ प्रतिशत बढि माइलेज दिने कम्पनीको दाबी छ । यसले प्रतिलिटर ५८ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । रेजेड आर र स्ट्रिट र्यालीमा पनि एउटै इन्जिन प्रयोग गरिएको छ । 

यी स्कुटरमा स्टप/स्टार्ट कि, स्मार्ट मोटर जेनेरेटर, साइड स्टान्ड इन्जिन लगायतका विभिन्न विशेषता दिइएको छ । ह्यान्डलबारमा वाइ सेपको एलइडी पोजिशन लाइट, फ्रन्ट एप्रोन भी–सेपको हेडल्याम्प, हेलोजन लाइटिङको विशेषता दिइएको  छ । 

तीन वटै स्कुटरमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र त्यसमा लाग्ने फिचर समेटिएको छ । 

रेजेड आर एफआई डार्क म्याटल ब्ल्याक, मेटालिक ब्ल्याक क्यान ब्ल्यु, म्याट रेड मेटालिक र रेडिस एल्लो ककटेल कलर अप्सनमा  उपलब्ध हुनेछ । स्ट्रिट र्याली भने डिप परप्लिस ब्ल्यु मेटालिक र स्पार्कल ग्रिन सेड कलर अप्सनमा उपलब्ध हुनेछ ।

यस्तोमा नेपालको लागि यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले केही समयपछि यी स्कुटर नेपाली बजारमा ल्याउने पक्का जस्तै रहेको छ ।


Back_to_top