एड्भेन्चर मोटरसाइकलमा थप प्रतिस्पर्धा, केटीएम र रोयल इन्फिल्डमा कति फरक

काठमाडौं । एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा केटीएम २५० थप भएसँगै यो सेग्मेन्टको प्रतिस्पर्धा निकै रोचक हुने भएको छ । अहिले भारतमा विक्री सुरु भएको केटीएम २५० एड्भेन्चर अबको केहि महिनापछि नेपाल आउने निश्चित जस्तै छ ।

यस्तोमा नेपाली बजारमा रोयल इन्फिल्ड ५०० हिमालयनलाई कडा टक्कर दिनेगरि केटीएम २५० एड्भेन्चर नेपाली बजारमा प्रबेश गर्ने छ ।

केटीएमले केहि समय अगाडि मात्र नेपालमा ३९० एड्भेन्चर सार्वजनिक गरेको थियो । ग्राहकबाट निकै राम्रो प्रतिक्रिया पाएको एड्भेन्चर मोडलको त्योभन्दा सानो २५० एड्भेन्चर मोटरसाइकलले अझै राम्रो बजार पाउन सक्ने अनुमान गरिएको छ ।

केटीएसम २५० एड्भेन्चर र हिमालयन बीच रहेको तुलनात्मक भिन्नता यस प्रकार रहेको छन् ।

इन्जिन

रोयल इन्फिल्ड हिमायलनमा ४११ सीसी सिंगल सिलिन्डर एयरकुल्ड बीएस ४ इन्जिन रहेको छ । उक्त इन्जिनले ६५०० आरपीएममा २४.३ बीएच पावर तथा ४५०० आरपीएममा ३२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

केटीएम २५० एड्भेन्चरमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० हजार आरपीएममा २९.५ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । सीसी क्षमताको आधारमा आधा कम रहेको केटीएम पावरमा रोयल इन्फिल्डभन्दा अगाडि रहेको छ । यद्यपी टर्क भने हिमालयनको बढी रहेको छ ।

माइलेज

हिमालयनमा १५ लिटरको फ्यूल ट्याङक रहेको छ भने, केटीएम २५० एड्भेन्चरमा १४.५ लिटरको फ्यूल ट्याङक रहेको छ ।

हिमालयनले ४५ किलोमिटर र केटीएम २५० एड्भेन्चरले ३५ किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआइले प्रमाणित गरेको छ ।

डाइमेन्सन

हिमालयनको लम्वाइ २१९० एमएम, चौडाइ ८४० एमएम, उचाइ १३६० एमएम, ह्वीलवेश १४६५ एमएम, सिट हाइट ८०० एमएम रहेको छ ।
त्यस्तै केटीएम २५० एड्भेन्चरको लम्वाइ २१५४ एमएम, चौडाइ ९०० एमएम, उचाइ १२६३ एमएम, ह्वीलवेश १४३० एमएम, सिट हाइट ८५५ एमएम रहेको छ ।

हिमालयनको ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ भने, २५० एड्भेन्चरको २०० एमएम रहेको छ ।

सस्पेन्सन

हिमालयनमा हाल्फ डुप्लेक्स स्प्लीट कार्डेल फ्रेममा रहेको छ भने, २५० एड्भेन्चरमा स्टील ट्रेल फ्रेममा रहेको छ ।

हिमालयनको फ्रन्टमा टेलिस्कोपिक ४१ एमएम फर्क रहेको छ । त्यस्तै २५० एड्भेन्चरमा डब्ल्यूपी एपेक्स ४३ एमएम फर्क रहेको छ । यी दुबै मोटरसाइकलको रियरमा मोनोशक सस्पेन्सन दिइएको छ ।

ह्वील/ब्रेक

हिमालयनमा २१ इन्चको स्पोक ह्वील रहेको छ भने, २५० एड्भेन्चरमा १७ इन्चको अलोय ह्वील रहेको छ ।

त्यस्तै हिमालयनको फ्रन्टमा ३०० एमएम र रियरमा २४० एमएमको डिस्क ब्रेक रहेको छ । २५० एड्भेन्चरमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक रहेको छ । यी दुबै मोटरसाइकलमा डबल च्यानल एबीएस दिइएको छ ।

मूल्य

हाल नेपाली बजारमा उपलब्ध बीएस ४ हिमालयन को मूल्य ९ लाख रुपैयाँ रहेको छ । बीएस ६ भर्सनमा आउँदा यसको मूल्य केहि बढ्ने देखिन्छ ।

त्यस्तै केटीएम २५० एड्भेन्चर नेपालमा लन्च हुदाँ ८ लाखदेखि ८ लाख ५० हजार रुपैयाँसम्ममा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top