काठमाडौं । केटीएमको डबल स्पोटर्स मोटरसाइकल ३९० एन्ड्यूरो आर मिलान अटो एक्स्पो २०२४ मा देखाएको थियो । अब कम्पनीले यसको फिचर र स्पेसिफिकेसन बाहिर ल्याएको छ ।
केटीएम ३९० एन्ड्यूरो आरमा ‘एलसी ४ सी’ इन्जिन दिइएको छ । उक्त इन्जिन ३९९ सीसी सिंगल सिलिन्डर क्षमताको हो । यसले ४४.२ हर्ष पावर जेनेरेट गर्छ । यो पावर भारत मेड ड्यूक ३९० को तुलनमा केही कम हो । यसको टर्कमा भने कुनै परिर्वतन छैन । ३९० एन्ड्यूरो आरले ३९ एनएम टर्क जेनेरेट गर्छ ।
यसको ब्रेकिङ फ्रन्टमा २८५ एमएम र रियरमा २४० एमएमको डिस्कका साथ स्वीच गर्न मिल्ने डबल च्यानल एबीएस दिइएको छ । यसको फ्रन्टमा २१ इन्च र रियरमा १८ इन्चको स्पोक ह्वील सेटअप छ । रियरमा २३० एमएम ट्राभल मोनोसक र फ्रन्टमा यूएसडी फर्क सस्पेन्सन छ । यसमा २७२ एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ भने, ९ लिटरको फ्यूल ट्याङ्क छ । यसको तौल १५९ किलोग्राम छ । यो ड्यूक ३९० भन्दा ६ किलोग्रामले कम हो ।
सामान्य एन्ड्यूरो डिजाइनमा तयार यो मोटरसाइकल सेग्मेन्टमे धेरै फिचर भएको मोटरसाइकल हो । कम्पनीले यसमा ४.२ इन्चको टीएफटी डिस्प्ले, राइड मोड, कनेक्टिभिटी फिचर दिएको छ । यो मोटरसाइकल अर्को हप्ता सार्वजनिक हुने अनुमान गरिएको छ ।
केटीएमले एन्ड्यूरो सेग्मेन्टमा १२५ एन्ड्यूरो आर र ६९० इन्ड्यूरो आर पहिल्यै बिक्री गर्दै आएको छ । अब ३९० एन्ड्यूरो आर आउने पक्का भएको हो ।


