काठमाडौं । पल्सर एन १६०को नयाँ भर्सन सार्वजनिक भएको छ । बजाज अटोले भारतीय बजारमा सिंगल पिस सिट भएको पल्सर एन १६० सार्वजनिक गरेको हो ।
कप्पनीले यसअघि स्प्लीट सिटमा बिक्री गर्दै आएको एन १६० लाई अहिले आरामदायी सिंगल पिस सिटमा ल्याएको हो ।
बजाजले १ लाख ५१ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर सिंगल पिस सिट भेरियन्टको बिक्री सुरू गरेको हो । यसकाे मूल्य स्याण्डर्ड भेरियन्टकाे तुलनामा १० हजार भारतीय रुपैयाँले घटेकाे हाे । सिटका अलावा कम्पनीले यसको पिलियन ग्रयाबरेललाई परिर्वतन गरेको छ भने अन्य कुनै परिर्वतन गरिएको छैन् । नयाँ सिट सेटअपमा आएको पल्सर एन १६० अझै आरामदायी भएको कम्पनीको दाबी छ ।
बजाजको पल्सर एन १६० मा ट्वीन भर्टिकल एलईडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलईडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्क्रीन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पाउन सकिन्छ ।
यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । बजाजको यो विल्कुलै नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।
बजाजले १६० एनमा पनि सेमिडिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर दिएको छ । साथै, एबीएस र दुवै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील पाउन सकिन्छ ।


