परीक्षणको क्रममा देखियो हाइब्रिड फ्रङ्क्स, माइलेज प्रतिलिटर ३० किमी

काठमाडौं । मारुती सुजुकीको क्रसओभर एसयूभी फ्रङ्क्स हाइब्रिड परीक्षणको क्रममा देखिएको छ । हाइब्रिड टेक्नोलोजीको प्रयोग बढाउन लागि परेको सुजुकीले सब फोर मिटर क्रसओभरलाई चाँडै बजारमा ल्याउन लागेको हो ।

कम्पनीले आधिकारीक रुपमा जानकारी नदिएपनि हाइब्रिड फ्रङ्क्सले प्रतिलिटर ३० किलोमिटरसम्म माइलेज दिने रिपोर्टहरुले दावी गरेका छन् । सन् २०२३ मा पहिलो पटक सार्वजनिक भएको सुजुकी फ्रङ्क्स भारतमा निकै रुचाइएको मोडल हो ।

सुजुकी ग्राण्ड भिटारा हाइब्रिड मोडलले निकै राम्रो सफलता पाएसँगै कम्पनीले फ्रङ्क्स पनि हाइब्रिड इन्जिन ल्याउन लागेको हो । सन् २०२५ को अन्तिमसम्ममा बजारमा आउने यो हाइब्रिड कारमा ‘जेड १२ई’ पेट्रोल इन्जिन रहने छ ।

अहिले चार मिटरभन्दा छोटा कारको सेग्मेन्टमा कुनै पनि मोडल हाइब्रिड इन्जिनमा उपलब्ध छैन । त्यसैले सुजुकीले फ्रङ्क्सलाई हाइब्रिडमा ल्याउन लागेको हो । कम्पनीले यसमा हाइब्रिड इन्जिनसँगै अन्य आधुनिक फिचरहरुको लामो लिष्ट दिएर बजारमा उतार्ने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा पनि फ्रङ्क्स मोडल बिक्री हुँदै आएको छ । यसको हाइब्रिड मोडल पनि बजारमा आएसँगै नेपालमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top