१२५ सीसीको महंगो मोटरसाइकल, नेपालमा जसको प्रतिस्पर्धी नै छैन

काठमाडौं । नेपालमा १२५ सीसी सेग्मेन्टमा सबैभन्दा महंगो मोटरसाइकल केटीएम ड्यूक १२५ हो । योसँग सिधा प्रतिस्पर्धा गर्ने कुनै पनि मोडल यो सेग्मेन्टमा उपलब्ध छैन ।

अष्ट्रियन मोटरसाइकल निर्माता कम्पनी केटीएमको यो उत्पादन गत भदौमा भएको नाडा अटो शो २०१९ बाट नेपालमा बिक्री सुरु भएको हो । यो १२५ सीसी क्षमताको मोटरसाइकलको मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

केटीएम ड्युक १२५ लाई यो सेग्मेन्ट अन्तर्गत सबैभन्दा पावरफुल मोटरसाइकलको रुपमा लिइन्छ । यसमा उपलब्ध १२४.७ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिनले ९२५० आरपीएममा अधिकतम १४.५ बीएच पावरका साथै ८ हजार आरपीएममा १२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।

ड्यूक १२५ मोटरसाइकलमा एबीएसको विशेषता उपलब्ध रहेको छ । ड्यूक १२५ सेग्मेन्टमा नै एबीएस भएको पहिलो मोटरसाइकल हो ।

यसमा उपलब्ध टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी हेडल्याम्प, आकर्षक बडीले मोटरसाइकललाई निक्कै अग्रेशिप लुक दिएको छ ।

ब्लू–टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल-एलईडी हेडल्याम्प, मेटजेलर टायर जस्ता फिचर ड्यूक-१२५ मा रहेका कारण यो मोटरसाइकल प्रिमियम भएको हो । मोटरसाइकलको सीट हाइट ८१८ एमएम रहेको छ । साथै, यसको कुल तौल १४८ किलोग्राम रहेको छ । यो

मोटरसाइकलको टपस्पीड क्षमता १२० किलोमिटर प्रतिघन्टा रहेको छ । बजारमा यसको प्रतिस्पर्धा मूल्यका हिसावले यामाहा आर १५ भी ३, एमटी १५ जस्ता मोडलसँग भइरहेको छ ।


Back_to_top