केटीएम इन्डयुरो डर्ट रेस आयोजना हुँदै

काठमाडौं । केटीएम नेपालले माघ १७ गते ‘केटीएम एक्सट्रिम इन्ड्युरो डे’ डर्ट रेस कार्यक्रम आयोजना गर्ने भएको छ ।

केटीएम र एक्सट्रिम इनर्जी ड्रिंकको सहकार्यमा काठमाडौंको हात्तीवनस्थित ‘हात्तीवन फरेस्ट रिसोर्टको’ इन्डयुरो ट्रयाकमा केटीएम एक्सट्रिम इन्ड्युरो डे कार्यक्रम संचालन हुने भएको हो ।

बाइक लभर र स्टन्ट लभरहरूका लागि लक्षित गरी आयोजना गरेको यो रेसमा केटीएम ३९० इन्डयुरो आर मोटरसाइकल पनि कम्पनीले नै दिने जनाएको छ । त्यसैले राइडरले आफूसँग मोटरसाइकल नभए पनि सहभागी जनाउँन पाउनेछन् । केटीएमले सहभागी राइडरलाई कार्यक्रमस्थलमै केटीएम इन्ड्युरो ३९०आर मोटरसाइकल उपलब्ध गराउने छ ।

बिहान १० बजेदेखि सुरू हुने केटीएम इन्ड्युरो डेमा ‘टाइम ल्याप च्यालेन्ज’ प्रतिस्पर्धा हुने छ । जसमा विजेताहरूलाई कम्पनीले आकर्षक उपहारहरू पनि प्रदान गर्ने छ ।

यस इन्डयुरो रेस प्रतिस्पर्धामा भाग लिनेहरूका लागि रजिस्ट्रेसन शुल्क लाग्ने छैन । सहभागी हुन चाहनेहरूले केटीएमको ‘केटीएम रेडी टु रेस’ पेजमा गएर क्यूआरमार्फत स्क्यान गरी फ्रीमा आफ्नो नाम रजिस्टर गर्न सकिने छ । सिट संख्या भने सीमित रहेको कम्पनीले जनाएको छ ।


Back_to_top