केटीएम मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक, ४० हजारसम्मले घट्यो मूल्य

काठमाडौं । केटीएम मोटरसाइकलको नेपालमा १० वर्ष पुरा भएको अवसरमा नयाँ मूल्य सार्वजनिक गरेको छ । कम्पनीले दुई मोडलको मूल्यमा भने व्यापक परिर्वतन गरेको छ ।

कम्पनीले केटीएम २०० र २५० ड्यूकमा ४० हजार रुपैयाँसम्मले मूल्य कटौती गरेको हो । केटीएम मोटरसाइकलको नेपालका लागि नेपालको आधिकारिक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै  मूल्य कटाैती गरेकाे हाे ।

केटीएम २०० ड्युकमा कम्पनीले ४० हजार र २५० ड्युकमा २० हजार मूल्य घटाएर मूल्यसूची सार्वजनिक गरेको हो । केटीएम २०० ड्युक को मूल्य ५ लाख ८४ हजार ९०० रुपैयाँ रहको छ भने २५० ड्युकको मूल्य ७ लाख २४ हजार ९०० रुपैयाँ रहेको थियो ।

केटीएमको विभिन्न ८ मोडलका मोटरसाइकल नेपालमा किन्न पाइन्छ । कम्पनीले दुई मोडल एड्भेन्चर, दुई स्पोर्टस् र ४ मोडल नेकेड स्पोर्टस् डिजाइनमा विक्री गर्दै आएको छ ।

केटीएमले २०० सीसीदेखि ७९० सीसीसम्मका मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने ७९० ड्युक सबैभन्दा महंगो मोडल हो भने २०० ड्यूक सबैभन्दा कम मूल्यको मोटरसाइकल हो ।

केटीएमको सबैभन्दा कम मूल्यको मोटरसाइकल २०० ड्युकको मूल्य ५ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै २५० ड्युकको मूल्य ७ लाख ४ हजार ९०० र ३९० ड्युकको ९ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरी, २५० एड्भेन्चरको मूल्य ८ लाख १९ हजार ९०० र ३९० एड्भेन्चरको मूल्य १० लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । साथै, स्पोर्टस् डिजाइनमा उपलब्ध आरसी २०० को मूल्य ६ लाख ५९ हजार ९०० रुपैयाँ र आरसी ३९० को मूल्य ९ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै केटीएमको सबैभन्दा महंगो मोडल ७९० ड्यूकको मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहको छ ।


Back_to_top