काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी यामाहाले हालै मात्र कारको लागि हाइड्रोजन पावर भी–८ इन्जिन बनाएको छ । कम्पनीले यो इन्जिनको परिमार्जीत रुपमा मोटरसाइकलको लागि पनि इन्जिन बनाउने भएको हो ।
गत वर्ष यामाहाले जापानकै अर्को अटोमोवाइल कम्पनी कावासाकीसँग मिलेर दुई पाङ्ग्रे सवारीका लागि हाइड्रोजन इन्जिन परिक्षण गरिरहेको जनाएको थियो ।
अहिले आएर यामाहाले चलन चल्तीको पेट्रोल इन्जिनलाई हाइड्रोजनमा कन्भर्ट गर्न सफल भएको हो । हाइड्रोजनबाट चल्ने कम्बस्चन इन्जिन बनाउन त्यती सजिलो भने छैन । यसको मूख्य समस्या भनेको डाइरेक्ट इन्जेक्सनलाई कसरी एडप्ट गर्ने भन्ने रहेको छ ।
प्रेसराइज्ड चेम्बरमा हाइड्रोजन इन्जेक्ट गर्नका लागि पावरफुल इन्जेक्सन सिस्टमको आवश्यकता पर्छ । कावासाकीले यो समस्या समाधान गरिसकेको छ । कम्पनीले पेट्रोल डाइरेक्ट इन्जेक्सन सिस्टमको बदला एचटु भर्सनको विकास गर्न सफल भएको हो । एचटुले हाइड्रोजन पावरले फोर्स इन्डक्सनको काम गर्छ ।

हाइड्रोजन इन्जिनमा पेट्रोल भन्दा फरक फियूल एयर रेसियो हुने गर्छ । हाइड्रोजन इन्जिनलाई पेट्रोल भन्दा तीन गुणा बढि हावा आवश्यकता पर्छ । यसका लागि कावासाकीले सुपरचार्ज्ड टेक्नलोजीको प्रयोग गरेको छ ।
वातानुकुलीत यो इन्जिन जीरो इमीसन रहेको छ । अहिले टेस्ट ड्राइभ गर्ने सबैले यो बाइक चलाउन फन तथा इजी टु युज प्रफर्मेस भएको बताएका छन् । परिक्षणकै चरणमा रहेको यो इन्जिनले कस्तो रेभुलुसन ल्याउँछ त्यो भने समयले नै बताउनेछ ।


