काठमाडौं । आज साँझ ललितपुरको पुल्चोक, जावलाखेल र मंगलबजार क्षेत्रको यातायात अवरुद्ध हुने भएको छ ।
रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रममा हजारौँ सर्वसाधारण सहभागी हुने भएकाले आज साँझ ४ बजेदेखि ७ बजेसम्म सो क्षेत्रमा यातायात अवरुद्ध हुने ट्राफिक प्रहरीले जनाएको छ ।
आज पुलचोकबाट गाबाहालसम्म मत्स्येन्द्रनाथको रथलाई तानिने बताइएको छ । ट्राफिक प्रहरीका अनुसार जावलाखेल-दमकल-पुल्चोक र मंगलबजारमा यातायात प्रभावित हुनेछ ।
ट्राफिक प्रहरीले आम सर्व-साधारणलार्इ बैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ ।
माइक्रो बस, मिनीबसलाई जवलाखेल–चिडियाघर–झम्सीखेल–कानदेवता मार्ग प्रयोग गर्न सुझाव दिएको छ ।
अन्यलाई जावलाखेल–अल्का अस्पताल–सुमेरु अस्पताल–झम्सीखेल–कानदेवता र पुल्चोकतर्फ आउनेलाई पुलचोक–सुजुकी मोड–झम्सीखेल–भनिमण्डल–एकान्तकुना वा जावलाखेल मार्ग प्रयोग गर्न सुझाव दिएको छ ।