काठमाडौं । संसारभर मोटरसाइकल चोर्ने प्रवृत्ति बढ्दै गएपछि इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्दै आएको अमेरिकी कम्पनी जेरो मोटरसाइकलले एन्टी थेप्ट डिभाईस निर्माण गरेको छ । हालै उक्त ‘एन्टी थेप्ट’ डिभाईसको सफल परिक्षणसमेत गरिएको छ ।
विशेषत, बेलायत तथा अमेरिकाका प्रमुख सहरबाट पछिल्ला दिनमा अत्याधिक मात्रामा मोटरसाईकल चोरी हुने गरेका छन् ।
लण्डन शहरका प्रमुख सादिग खानकाअनुसार २०१७ मा लण्डनबाट मात्रै १४ हजार मोटरसाइकल चोरी भएको थियो । औषतमा प्रतिदिन ३८ वटाका दरले बाईक चोरी हुँदै आएको उनले बताए । ‘अत्याधिक मात्रमा मोटरसाइकल चोरी भएपछि ओइएमसँग एउटा सम्मेलन गरेर यसको निवारणको लागि हामी पहलगर्दै छौं ।’ खानले भने ।
चोरी भएका मोटरसाइकल ट्रायाकिङ गर्ने उद्देश्य अनुरुप डिभाईसलाई बाइकमा लगाइन्छ । चोरले बाइक चोरेर लगेमा बाइक पुगेको ठाँउको जानकारी डिभाइसले दिनेछ । जसको प्रयोगले चोरी भएको केहि घन्टा पछाडि नै बाईक पाउन सकिन्छ । यसको सफल परिक्षण भइसकेको छ ।
बेलायत तथा अमेरिकामा मात्र नभई विश्वका विभन्न सहरबाट बाईक चोरीका थुप्रै घटना बाहिर आउने गरेका छन् । यो नयाँ डिभाइसको प्रयोगपछि मोटरसाइकल हराउने सम्भावना कम हुने विश्वास गर्न सकिन्छ ।