सबैभन्दा बढी कार बेच्ने कम्पनी बन्यो ‘आरएनएम’ एलाइन्स, हुन्डाई एलाइन्स ५ औंं स्थानमा

काठमाडौं । सन् २०१७ मा विश्व अटोमोबाइल बजारामा नयाँ तरंग पैदा भएको छ । कार्लोस घोसनले नेतृत्व गरेको फ्रेन्च–जापनिज एलाइन्स रेनो–निसान–मित्सुविसी (आरएनएम) ले कार बिक्रीमा अग्र स्थान हासिल गरेको छ । 

कार बिक्रीको सूचीमा २०१६ मा चौथो स्थानमा रहेको उक्त एलाइन्सले २०१७ मा विश्वभर १ करोड ६ लाख वटा प्यासेन्जर सवारी (कार तथा एलसीभी) बिक्री गरेको थियो । केहि वर्ष अघिसम्म कार बिक्री सूचीमा टोयोटा र फक्सवागनको दबदबा रहँदै आएको थियो । 

देस्रो स्थानमा रहेको फक्सवागनले १ करोड ५ लाख युनिट कार बेचेको छ भने १ करोड २ लाख युनिट बिक्रीसँगै टोयोटा तेस्रो स्थानमा रहेको छ । 

आरएनएमले १ करोड बढी सवारी बिक्री गरेको यो पहिलो पटक हो । चिनियाँ बजारमा कारको बिक्री उल्लेख्य रुपमा बढेपछि आरएनएमले यो उपलब्धी हासिल गरेको हो । 

एक करोड भन्दा बढी युनिट कार एकै बर्ष बेच्ने अवसर पाउने कार उत्पादकमा फक्सवागन र टोयोटा पछि आरएनएम थपिएको छ । 

विश्वभर धेरै सवारी बिक्री हुने कार उत्पादकको सूचीमा पर्नुमा आफूहरुसँग भएको सवारी मोडल नै मुख्य आधार रहेको आरएनएमका प्रमुख घोसनले बताए । 

‘प्यासेन्जर सवारीमा भएका मोडल रेन्ज र तिनिहरुमा प्रयोग भएको प्रविधिले उपभोक्तालाई आकर्षिकत गरेको हो’, घोसनले भने । 

देस्रो स्थानमा रहेको फक्सवागनले १ करोड ५ लाख युनिट कार बेचेको छ भने १ करोड २ लाख युनिट बिक्रीसँगै टोयोटा तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा अमेरिकी जनरल मोर्टस रहँदा कोरिय ब्राण्ड हुन्डाई–किया ६७ लाख युनिट युनिटसहित पाँचौ स्थानमा रहेको छ । 

सन् २००० मा पहिलो स्थानमा रहेको जनरल मोर्टस र फोर्ड एलाइन्स अहिले कायम नरहेकाले नयाँ एलाईन्स पहिलो स्थानमा आएको छ ।   

सन् २००० र २०१७मा भएको कार बिक्री तथ्यांक

ब्राण्ड

सन् २०१७

सन् २०००

रेनोनिसान-मित्सुविसी

१०.६ मिलियन

 

फक्सवागन

१०.५ मिलियन

५.०९ मिलियन

टोयोटा

१०.२ मिलियन

५.९१ मिलियन

जनरल मोटर

८.७ मिलियन

 

हुन्डाइकिया

६.७ मिलियन

 

जनरल मोटरफोर्ड

 

७.३२ मिलियन


Back_to_top