काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ ।
थापाथली स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेताहरुलाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल, मिस नेपाल २०१८ श्रृंखला खतिवडा तथा हुन्डाई मिस फेण्डसिप सायरा लामाले पुरस्कार हस्तान्तरण गरेका थिए ।
सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको छुट र एक वर्षको निशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्पmत १०० जना भाग्यमानी विजेताले १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर उपहारमा २ जनालाई हुन्डाई इलाइट आई २० र हुन्डाई एक्सेन्ट जित्ने अवसर प्रदान गरेको थियो ।
दुबई टुर बिजेताहरु
हुन्डाई फेस्टिभ डिलाइट अफर अन्तर्गत, दुबई भ्रमणको १० जना भाग्यशाली विजेताहरुको नाम र कुप्पन नम्बर यस्तो छ ।
१) सुजा बास्तोला, कुपन नं ७३५
२) महेस राजकर्णिकार, कुपन नं १२५८
३) कृष्ण राज पोख्रेल, कुपन नं ११५०
४) अनिल कुमार श्रेष्ठ, कुपन नं १२७५
५) पेमा लामा, कुपन नं १५१
६) बालकृष्ण थापा, कुपन नं ९६६
७) नीरज क्षेत्री, कुपन नं ४३६
८) दान बहादुर चौहान, कुपन नं ८८५
९) धन्जयन् शर्मा बञ्जारा, कुपन नं ३१६
१०) सूर्य लाईफ इन्सुरेन्स कम्पनी, कुपन नं २८७
त्यसैगरी, ‘हुन्डाई फेसटिभ डिलाइट’ अफर अन्तर्गत, कुपन नम्बर ९८० का शुसनप्रसाद अधिकारीले हुन्डाई इलाईट आई २० जितेका छन् ।
साथै ‘हुन्डाई फेसटिभ डिलाइट’ अफर अन्तर्गत, कुपन नम्बर ८५३ का कन्काई आयल सप्लायर्स ले हुन्डाई एक्सेन्ट प्राप्त गरेको छ ।
हुन्डाई फेसटिभ डिलाइट अफर अन्तर्गत, १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र कनज्युमर आई नेपालको अनामनगर स्थित कार्यालयमा अध्यक्ष बिमला खनालद्धारा गरिएको थियो ।