हरेक दिन बिक्छ २ हजार ३१० नयाँ कोरोला कार, बन्यो सर्वाधिक बिक्री हुने मोडल

काठमाडौं । जापानी कार निर्माता कम्पनी टोयोटाको एउटै मोडल कोरोला दैनिक २३ सय १० वटा बिक्री हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । योसँगै टोयोटाको कोरोला विश्वभर सदाबाहार सर्वाधिक बिक्री हुने कारको श्रेणीमा पहिलो स्थानमा रहेको छ । 

टोयोटाले कोरोला कार सन् १९६६ मा उत्पादन सुरु गरेको थियो । हालसम्म विश्वकभर ४ करोड ३० लाख वटा कोरोला बिक्रीभई सकेको कम्पनीले जनाएको छ । 

टोयोटा कोरोला सेडान कार हो । यो कार संसारका धेरै मानिसहरुको रोजाइमा पर्ने गरेको छ ।

टोयोटाले सुरुवादेखि हालसम्म ११औं जेनेरेसनसम्मको कोरोला बजारमा ल्याईसकेको छ भने, १२ औं जेनेरेसनको कोरोला बजारमा आउने क्रममा रहेको छ । 

विगतमा नेपाली बजारमा टोयोटाको कोरोला कार निक्कै चर्चित थियो । कारको उपनाम नै कोरोला बनेको थियो । अहिले पनि कोरोला कार बजारमा उपलब्ध रहेको छ । टोयोटाको कोरोला कार नेपाललगायत विश्वका अधिकांश मुलुकहरुमा बिक्रीहुँदै आएको छ । 


Back_to_top