काठमाडौं । गएराती ११ घन्टा देखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्न अझै ३ देखि ४ घन्टा लाग्ने भएको छ । भने आन्तरिक उडान भने सुरु भएको छ । काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलिन्डो एयरको जहाज बिहीबार राति विमानस्थलको धावनमार्गमा चिप्लिएको थियो । राती देखिनै नेपाली सेना, प्रहरी तथा विमानस्थलका कर्मचारीहरु जहाज हटाउन लागिपरेपनि हटाउन सकेका छैनन् ।
बोइङ ७३७ जहाजको कलसाइन ९ एम एलएन जे जहाजमा १३९ जना यात्रु बोकेर उड्ने तयारीमा रहेको जहाज भित्र ककपिटमा एलआरम देखिएपछि रोक्न खोज्दा धावनमार्गबाट चिप्लियर सय फिट पर दक्षिणतर्फको घासेमैदानमा गाडिन पुगेको विमानस्थल सञ्चालन विभागका निर्देशक प्रेमनाथ ठाकुरले बताए
जहाज बिहीबार राति १०ः०७ बजे धावनमार्गबाट चिप्लिएको थियो । ठाकुरका अनुसार जहाजको अगाडीको भााग जमिनमा जोतिएको छ । जहाजमा सवार चालक दलका सदस्य सहित सबै यात्रु भने सकुशल छन् ।
अहिले विमानस्थलको आन्तरिक तथा बाह्य उठन प्रभावित भएको छ । नेपाली सेना, नेपाल प्रहरी, नेपाल बावुसेवा निगम र नेपाल नाागरिक उड्डयन प्राधिकरणका कर्मचारीले मलिन्डो एयरको जहाजलाई पार्किङ क्षेत्रम लग्ने प्रयास गरिरहेको ठाकुरले बताए।
ठाकुरका अनुसार आन्तरिक तर्फको उडान÷अवतरण सुचारु भए पनि अन्तर्राष्ट्रियको भने केही समय लाग्ने जानकारी दिए ।

