काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारीक वितरक यूनाइडेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले दुई दिनअघि विश्व बजारमा सार्वजनिक भएको ल्याण्डक्रुजर एलसी ३०० नेपाल ल्याउने भएको छ । कम्पनीले सन् २०२१ को अन्तिमसम्ममा ल्याण्डक्रुजर एलसी ३०० नेपाल ल्याउने तयारी गरेको हो ।
‘सन् २०२१ को अन्त्यसम्ममा नेपाल ल्याउन हामीले प्रयास गरिरहेका छौ । संम्भवत अक्टोवर प्रोडक्सन नेपाल आउने छ’, यूटीएस स्रोतले भन्यो ।
यसअघि भि८ इन्जिनमा आउने नयाँ ल्याण्डक्रुजर एलसी २०० को ठाँउमा नयाँ ३.५ लिटर र ३.३ लिटर दुइन टर्बो भि६ डिजेल इन्जिन एलसी ३०० आउने छ । यसमा दिइएको ३.५ लिटर इन्जिनले अधिकतम ४१५ हर्स पावर र ६५० एनएम टर्क प्रदान गर्ने छ । त्यसैगरि ३.३ लिटर इन्जिनले अधिकतम ३०९ हर्स पावर र ७०० एनएम टर्क प्रदान गर्ने क्षमता राख्छ ।
ड्यासवोर्डमा फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ डिजाइनको स्टेरिङ ह्वील, लेदर सिट पाउन सकिन्छ । साथै, टोयोटाले नयाँ जेनेरेशन मोडलको तौल २०० किलोग्रामले घटाएको छ । नयाँ जेनेरेशन ल्याण्डक्रुजर पहिलो पटक टोयोटाको टिएनजीए प्ल्याटफर्ममा तयार भएको हो । नयाँ प्ल्याटफर्मको मारण यसको कुल तौलसमेत घटेको हो ।

एलसी २०० को तुलनामा एलसी ३०० मा निकै आकर्षक ग्रिल दिइएको छ । ग्रिलको बीचमा थुप्रै एयर भेन्टहरु दिइएको छ । अगाडिको ग्रिलमा होरिजेन्टल क्रोम फिनिसिङ, नयाँ डिजाइनको रेक्टेङगुलर आकारको हेडल्याम्प, बक्सी डिजाइन बडी, आकर्षक रुफरेल जस्ता फिचर देख्न सकिन्छ ।
पूर्णत नयाँ डिजाइनको ड्यासवोर्ड प्रयोग भएको एलसी ३०० मा ९ इन्च र १२ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जिङ, ३६० डिग्री क्यामेरा, हेड अप डिस्प्ले, पावर टेलगेट, पावर एड्जस्टेवल स्टेरिङ ह्वील, फिङ्गर प्रिन्ट एथेन्टीकेशन सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।
टोयोटा सेफ्टी सेन्स स्वीट फिचर प्रयोग भएको यो गाडी क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, एडप्टीभ हाइ बीम जस्ता फिचर उपलब्ध रहेका छन् ।

