काठमाडौं । बर्दिवासमा कमर्शियल भेहिकल कम्पनी फोटोन मोटर्सका उत्पादन माउन्टेन ईभीको आधिकारिक बिक्री सुरु भएको छ । माउन्टेन इलेक्ट्रिक पीकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भूभागका लागि विशेष रूपमा इन्जिनियर गरिएको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिको दावी छ ।
नेपालको सडक र भौगोलिक अवस्थाका लागि आवश्यक पर्ने हाई पर्फमेन्स सोलुसन्स माउन्टेन पीकअपले प्रदान गर्छ ।
नेपालले विद्युतीय साधनको प्रयोग बढाउन विभिन्न किसिमका सहुलियत दिइरहेको समयमा आएको फोटोन माउन्टेन ईभी एक उत्कृष्ट मोडल भएको कम्पनीको दावी छ । कार्बन उत्सर्जन कम गर्ने र इन्धन निर्भरता घटाउने दिशामा यो गाडी महत्त्वपूर्ण रहेको छ ।