हुन्डाई नेपालले थप्यो सर्भिसिङ र वारेन्टी अवधि

काठमाडौं । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अहिले चलिरहेको लक डाउनका कारण आफुले बिक्री गरेको गाडीमा दुई महिनाको वारेन्टी पिरियड थप गरेको छ । कम्पनीले एक विज्ञप्ती जारिगर्दै कोरोना भाइरसको कारण अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै वारेन्टी पिरियड बढाएको जनाएको हो ।

अहिले भइरहेको लकडाउनका कारण गाडी सर्भिसिङ्गको समय घर्केको भएपनि कुनै चिन्ता नलिन लकडाउन अवधीभर सुरक्षीत रहन कम्पनीले आफ्ना ग्राहकलाई अग्रह गरेको छ ।

हुन्डाईले आफ्नो ग्राहकहरुको स्वास्थ्यलाई प्राथमिकता दिनुको साथै आफ्नो कम्पनीको ‘मानवताको प्रगति’को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाएको जनाए छ । कम्पनीले उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका साथै कुनै पनि सम्भावित असुविधा कम गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।


Back_to_top