लीपमोटर टी-०३ को बिक्री सुरू, मूल्य २८ लाख ९९ हजार

काठमाडौं । नेपाली बजारमा लीपमोटर टी-०३ बिक्री सुरू भएको छ । साँग्रिला मोटर्सले लीपमोटरको टी-०३ ह्याचव्याकको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

लीपमोटर टी-०३ मा ३७ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध  छ । यसले एक पटकको फुलचार्जमा करिब २७० किलोमिटरसम्म रेन्ज दिन्छ ।

लीपमोटर टी-०३ मा ‘आईफ्लाई टेक ३.० भोइस इन्टरएक्सन सिस्टम’ दिइएको छ । उक्त भोइस एसिस्टेन्सको सहयोगले फोनकल, नेभिगेसन, मिडिया र अन्य केही फिचर ह्याड्स फ्रीमै कन्ट्रोल गर्न सकिन्छ ।

क्लासिक डिजाइनमा उपलब्ध टी-०३ लीपमोटरको ‘प्रोपाइटरी इलेक्ट्री फिकेसन च्यासिस टेक्नोलोजी’मा आधारित छ । यसमा ९३ प्रतिशत हाइ इफिसीयन्सी मोटर रहेको कम्पनीको दावी छ ।

‘फोर इन वान इन्ट्रीग्रेटेड इलेक्ट्रीक कन्ट्रोल सिस्टम’ रहेको टी-०३ मा कम भेहिकल तौलमा नै इन्टेरियर स्पेश पाउन सकिन्छ । लीपमोटरले यसलाई इको, स्ट्याण्डर्ड र स्पोट्स गरी तीन ड्राइभिङ मोड दिएर तयार पारेको हो ।


Back_to_top