सर्भिसिङ गर्दा छुटै छुट पाइने यामाहा मेगा सर्भिस क्याम्प सुरू

काठमाडौं । यामाहा नेपालले मेगा सर्भिस क्याम्प सुरू गरेको छ । यामाहा नेपालले यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सर्भिस सेन्टरहरूमा मेगा सर्भिस क्याम्प सुरू गरेको हो ।

यामाहा मेगा सर्भिस क्याम्पमा ग्राहकलाई ल्यूब, पार्टस् र लेवर चार्जमा विशेष छुट दिनुका साथै, नि:शुल्क एमएमसी कार्ड तथा गिफ्ट ह्याम्परहरू उपलब्ध गराउने भएको हो ।

ग्राहकले यो अवधिमा ल्यूबमा १५ प्रतिशत छुट, स्पेयर पाट्र्समा १० प्रतिशत छुट, लेवर चार्जमा ५० प्रतिशत छुट दिने भएको हो । यो सर्भिस क्याम्पमा १५ पोइन्ट चेकअप, निशुल्क वास उपलब्ध गरारउने कम्पनीले जनाएको छ ।

मेगा सर्भिस क्याम्पको उद्घाटन समारोहमा बोल्दै एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, ‘हामीलाई उत्कृष्ट सेवा पनि उत्कृष्ट उत्पादन जत्तिकै महत्त्वपूर्ण हुन्छ भन्नेमा विश्वास गर्दछौं। यसर्थ यामाहा मेगा सर्भिस क्याम्प मार्फत् हामी हाम्रा ग्राहकहरूलाई किफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्दैछौं । हामी सबै यामाहा चालकहरूलाई यो अवसरको फाइदा उठाउन र आफ्ना बाइकहरूलाई उत्कृष्ट अवस्थामा राख्न आमन्त्रित गर्दछौं ।’

नेपालभरि २०० भन्दा बढी अधिकृत सेवा केन्द्रहरू यो मेगा सर्भिस क्याम्प आयोजना भइरहेको छ ।


Back_to_top