काठमाडौं । नेक्सन भेन्चर कम्पनीले नेपाल ल्याएको एलएस अटोको एलईभी-०१ आधिकारीक रुपमा बिक्री सुरू भएको छ । चीनमा उत्पादन भएको एलएस अटोको पहिलो मोडलको रुपमा एलईभी-०१ नेपालमा बिक्री सुरू भएको हो ।
क्रसओभर डिजाइनमा उपलब्ध एलईभी-०१ उच्च ग्राउन्ड क्लियरेन्स, ठूलो ब्याट्री र नविनतम टेक्नोलोजीका कारण चर्चामा रहेको मोडल हो । यसलाई नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध गराइएको छ ।
स्ट्याण्डर्ड र कम्फर्ट भेरियन्टमा उपलब्ध क्रसओभर मोडलमा ब्याट्री प्याक र मोटर साइज भने एउटै छ । एलईभी-०१ मा ६७.१ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसको ब्याट्री सेलहरू ‘हनिकम्ब आर्किटेक्चर’मा डिजाइन भएको कम्पनीको दावी छ ।
एलईभी-०१ क्रसओभर एसयूभीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । बाहिरी लुक्स निकै आकर्षक देखिने गाडीको क्याविनमा पनि फिचर लोडेड बनाउन कुनै कसर बाँकी राखेको छैन ।

कम्पनीले यसको क्याबिनमा मल्टिकलर एम्बियन्ट लाइट, मल्टिफङ्सनल स्टेरिङ ह्वील, लेदरेट सिट कभर, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट दिएको छ । पानारोमिक स्काई रुफ, इलेक्ट्रीक टेलगेट, मल्टी ड्राइभ मोड पाउन सकिने एलईभी-०१ को मूल्य कम्फर्ट भेरियन्टको ६१ लाख ९५ हजार र स्टायण्डर्डको ६९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
सुरक्षाको लागि एलईभी-०१ मा ६ वटा एयरब्याग, ईबीडी, एबीएस, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटोहोल्ड, हिल असिस्ट कन्ट्रोल जस्ता फिचर छन् ।
कम्पनी एलईभी-०१ मा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्म मोटर र ब्याट्रीमा वारेन्टी दिएको छ ।

