इलेक्ट्रीक कारमा ‘लेजर डिस्प्ले टेक्नोलोजी’को प्रयोग, फरक अनुभव गराउने

काठमाडौं । सोच्नुहोस् कि तपाईको आफ्नो कारले तपाईलाई चिन्छ । जब तपाई कारको नजिक आउनु हुन्छ, त्यति बेला कारको क्याविनको तापक्रम र बाँकी रेन्जसहित कारमा तपाईलाई स्वागत भन्ने अक्षरहरु झ्यालको छेउमा देखिन्छ । यसलाई मानिसलाई कस्तो महसुस गराउला ।

यो टेक्नोलोजीमा कार भित्र रहेको इन्फोटेन्मेन्ट स्कृनको सट्टा कारको सबै सरफेसमा अक्षर र तस्विरहरु डिस्प्ले हुन्छ । यो नयाँ टेक्नोलोजीको खोज पुरा भएको छ ।

चीनको सानजेनमा रहेको ‘एप्रोटोनिक्स कर्पोरेशन’ले बनाएको लेजर डिस्प्ले टेक्नलोजीको प्रयोगले आगामी दशकमा स्मार्ट ईभीलाई अझै चाखलाग्दो बनाउने विश्वास लिइएको छ ।

एप्रोटोनिक्स कर्पोरेशन लेजर डिस्प्ले टेक्नलोजीमा विश्वकै अग्रणी कम्पनी हो । सन् २००६ मा स्थापना भएको यो कम्पनी सन् २०१९ मा पब्लिक कम्पनी बनेको थियो । यसको अहिले मार्केट क्यापीटलाईजेसन १.५ बिलियन डलर बराबर छ ।

चीनले ईभीको विकासलाई तिब्रता दिएसँगै नयाँ-नयाँ टेक्नलोजीको प्रयोग पनि बढ्दै गएको छ । एप्रोटोनिक्स कम्पनीले भने गत वर्षबाट मात्रै स्मार्ट ईभी क्षेत्रमा काम गर्न थालेको हो ।

उसले बीएमडब्लू, बीवाइडी, सेरेस ग्रुप, बीएआईसी ग्रुपसँग सहकार्य गरिरहेको छ । कम्पनीले जर्मन लग्जरी अटोमेकर बीएमडब्लूले जनवरीमा लसभेगासमा भएको कन्जुमर इलेक्ट्रीक शोमा देखाएको बीएमडब्लू आई डे कन्सेप्टमा काम गरेको थियो । उक्त शोमा बीएमडब्लूले कारको भित्र र वाहिर हुने भविष्यको डिजिटल अनुभवहरु देखाएको थियो ।

उक्त शोमा बीएमडब्लूले फोर विण्डो फ्यूजन डिस्प्ले टेक्नलोजी देखाएको थियो जुन टेक्नलोजी एप्रोटोनिक्सले सप्लाई गरेको हो । ‘डिजिटल इमोसनल एक्सपीरीयन्स’ भनिएको उक्त कन्सेप्टमा ड्राइभरको भर्चुअल इमेज साइड विण्डोमा डिस्प्ले भएको थियो ।


Back_to_top