बागमती प्रदेशले लाइसेन्समा ‘क्यूआर कोड’ प्रयोग गर्ने

काठमाडौं । लाइसेन्स प्रिन्टीङमा निकै ठूलो समस्या खेप्दै आएको यातायात व्यवस्था विभागले छपाईको काम प्रदेशमा गर्ने जनाउ यसअघि नै दिएको थियो । अहिले कर्णाली, लुम्बिनी र बागमती प्रदेश सरकारले आफैँ छपाईको काम थाल्ने तयारी गरेका छन् ।

राजधानी समेत रहेको बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले कार्डमा प्रयोग भएको चीप हटाएर ‘क्यूआर प्रविधि’ राख्न लागेको छ । मन्त्रालयले आफ्ना सबै यातायात कार्यालयबाट क्यूआर कोड प्रयोग भएको लाइसेन्स वितरण गर्न लागेको हो ।

अहिले १४ लाख हाराहारी मानिसले स्मार्ट लाइसेन्स लिन पाएका छैनन् । ती मध्ये ६० प्रतिशत माथि बागमतीका सेवाग्राही छन् । त्यसैले छिटो लाइसेन्स वितरण गर्न क्यूआर कोड भएको लाइसेन्स दिने तयारी भएको मन्त्रालयका सुचना अधिकारी खगेन्द्र पौडेलले बताए ।

पौडेलका अनुसार कार्डमा क्यूआर कोड प्रयोग गर्दा चीपको तुलनामा सस्तो पर्ने र प्रिन्ट गर्न र ट्राफिक प्रहरीलाई चेक जाँच गर्न पनि सजिलो हुनेछ । यसअघि परिक्षणकालीन लाइसेन्समा क्यूआर कोड राखेर वितरण गरिएको थियो । त्यसैलाई स्थायि कार्ड बनाउन लागिएको हो ।


Back_to_top