गाडी बनाउने वर्कसपमा बिस्फोट, ३ जनाको मृत्यू

तस्बिर: अन्नपूर्णपाेष्टबाट

बारा । निजगढमा रहेको गाडी मर्मत गर्ने वर्कसपमा सोमबार भएको विष्फोटमा तीन जनाले ज्यान गुमाएका छन् । प्रहरीले सुरुमा ग्यास सिलिण्डिर पड्केकाे बताएपनि अहिले यो घटना शंकास्पद बनेको हो ।

विष्फोटमा परी गम्भीर घाइते भएका २० वर्षीय रितु रजत, ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत गुवाईका ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको हो । घटनामा अन्य तीनजना घाइते छन् ।

रोहित वर्कशपमा भएको विस्फोट के कसरी भयो भन्ने विषयमा प्रहरीले अनुषन्धान गरिरहेको जनाएको छ । सुरुमा ग्यास सिलिण्डर पड्केको भने पनि प्रहरीले त्यसलाई सच्चाएर शंकास्पद बस्तु भनेको हो ।

विष्फोट भएको स्थलमा भेटिएका फलामका टुक्रा ल्याब परिक्षणका लागि पठाउने तयारी प्रहरीले गरेको छ । प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

फलाम जस्तो देखिने वस्तुभित्र तामा रहेको भन्दै ग्यारेजका संचालकलाई एक सय रुपैया दिएर ‘लेथ मेसिन’ले काट्ने क्रममा विष्फोट भएको प्रहरीको प्रारम्भीक अनुषन्धानले देखाएको छ ।


Back_to_top