काठमाडौं । डर्ट मोटरसाइकल विक्रेता कम्पनी क्रसफायले मोटरसाइकलको मूल्य घटाएको छ । कम्पनीले क्रसफायर आरएम २५० मोटरसाइकलको मूल्य घटाएको हो ।
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी क्लासिक ह्वील एक्सपोर्ट एण्ड इम्र्पोटले आरएम २५० मा ४४ हजार रुपैयाँले मूल्य कम गरेको हो ।
यसअघि ८ लाख ४३ हजार रुपैयाँमा विक्री गर्दै आएको आरए २५० मोटरसाइकलको मूल्य नयाँ मूल्यसूची अनुसार ७ लाख ९९ हजार रुपैयाँ तोकिएको हो ।
कम्पनीले गत वर्ष सरकारले २५० सीसी माथिका मोटरसाइकलमा कर सहुलियत दिएसँगै मोटरसाइकलको मूल्य ४५ हजार रुपैयाँले घटाएको थियो । हाल कम्नपीले फेरी मूल्य कम गरेको हो ।
आरएम २५० ट्वीनमा २४९.९९ सीसी क्षमताको काब्रुरेटर इन्जिन दिइएको छ । उक्त इन्जिनले ३०.१५ बीएच पावर र २३ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ भने ७ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।
यो मोटरसाइकलमा डबल डिस्क ब्रेक दिइएको छ । जसमा अगाडि २९० एमएम र पछाडि २४० एमएमको अधिक ब्रेकिङ पावर सहितको डिस्क ब्रेक उपलब्ध रहेको छ ।
यसमा ट्वीन स्पेयर पेरिमिटर फ्रेम सहित अगाडि ४७ एमएमको इन्भर्टेट रिबोन्ड कम्प्रेसन ड्याम्पीङ एड्जस्टेवल २५१ एमएम ट्राभल र पछाडि प्रो लिंङको सिंगल सस्पेन्सन दिइएको छ ।
पूर्ण डिजिटल इन्ट्रुमेन्ट कन्सोल, आर टेकको इटलियन हेडल्याम्प, एलइडी इन्डिकेटर, सिएनसी फोल्डेवल क्लच लिभर, इन्जिन गार्ड, जस्ता फिचरले यसलाई उत्कृष्ट मोटरसाइकल बनाएको छ ।

