काठमाडौं । इलेक्ट्रीक भेहिकलको प्रमुख कम्पोनेन्ट मानिने ब्याट्रीको मुख्य कच्चा पदार्थ लिथियम कार्बोनेटको मूल्यमा गिरावट आएको छ । चिनियाँ बजारमा लिथियम कार्बोनेटको मूल्य प्रतिटन २ लाख आरएमबी मुनि अर्थात् २७ हजार डलरमा कारोबार भएको हो ।
सन् २०२२ को मार्च महिनामा ५ लाख आरएमबी मूल्य रहेको लिथियम सोहि बर्षको नोभेम्बरमा करिब ६ लाख आरएमबी प्रति टन पुगेको थियो । सन् २०२२ को डिसेम्बरबाट घट्दो क्रममा रहेको लिथियमको थियो । त्यसपछि केहि महिना बढेको लिथियम अहिले भने २ लाख आरएमबीले घटेको हो ।
गत जुन महिनामा मात्रै लिथियमको मूल्यमा ३७ प्रतिशतले गिरावट आएको थियो । लिथियमको मूल्य घट्नु इलेक्ट्रीक भेहिकल उद्योगको लागि फाइदाजनक मानिन्छ । लिथियमको मूल्य घट्नुमा यसको सप्लाईमा आएको व्यापक सुधार र नयाँ ब्याट्री टेक्नलोजीमा भइरहेको विकासलाई मुख्य कारणको रुपमा लिइएको छ ।
लिथियम बेस ब्याट्रीको माग भने बढ्दो क्रममा छ । तर, सोडियम आयोन र सोलिड स्टेट जस्ता ब्याट्रीमा व्यापक अनुषन्धान र उत्पादन समेत सुरु भएको कारण लिथियमको मूल्य तिब्र गतिमा घट्न थालेको हो । साथै, लिथियम मानिङ गर्ने उद्योगको संख्या पनि ब्यापक वृद्धि भइरहेको छ ।
मार्केट रिसर्च एजेन्सी ट्रेन्ड फोर्सका अनुसार सेप्टेम्बरबाट लिथियमको मूल्यको गिरावट अन्त्य हुनेछ । धेरै सप्लायरहरुले घट्दो मूल्यका कारण यसको उत्पादन नै कम गर्न थालेका छन् । यसले बजारमा सप्लाई कम हुँदा मूल्य घट्ने क्रम रोकिने अनुमान छ ।