लामो दुरीका बसमा अनिवार्य दुई जना चालक राख्नुपर्ने

काठमाडौं । लामो दुरीका सार्वजनिक यातायातमा अनिवार्य दुई जना चालक राख्नुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

दशैंको समयमा यात्रा सुरक्षित बनाउन लामो दुरीका सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार लामो दुरीमा यातायात सेवा संचालन गर्ने समिति वा बसधनीले सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राखी आलोपालो सवारी चलाउने व्यवस्था मिलाउनुपर्नेछ ।

१८ वर्ष पूरा भएका व्यक्तिलाई मात्र चालकको रूपमा राख्न पाइने विभागले जनाएको छ ।

दुई चालक राखिएको/नराखिएको अनुगमन प्रहरीले गर्नेछ ।


Back_to_top