चिनियाँ अन्तरिक्ष यान ‘लङ मार्च ५ बी’ हिन्द महासागरमा खस्यो

काठमाडौं । चीनले अन्तरिक्षमा पठाएको सबैभन्दा धेरै तौलको रकेट ‘लङ मार्च ५ बी’ का टुक्राहरु हिन्द महासागरमा झरेको छ । चिनीयाँ समय अनुसार आज विहान १० बजेर १२ मिनेट जाँदा रकेटका टुक्राहरु हिन्द महासागरमा खसेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

चीनले यो रकेट २९ अप्रिलमा चीनको हाइनान टापुबाट प्रक्षेपण गरेको थियो । अमेरिकी स्पेश कमाण्डले पनि चिनियाँ रकेट पृथ्वीमा झरेको जनाएको छ । तर, रकेटको टुक्राहरु कहाँ झरेका हुन् भन्ने खुलाएको छैन ।

करिब १८ टन क्षमता र ३० मिटर लामो यो रकेट प्रक्षेपण हुनु अघिदेखि नै विवादमा रहेको थियो । कुनैपनि संस्थाले अहिलेसम्म १२ टन क्षमताभन्दा बढीको रकेट प्रक्षेपण नगर्ने समझदारी भएको भएपनि चिनले उक्त रकेट प्रक्षेपण गरेको थियो ।

उक्त रकेट प्रक्षेपणपछि नै यो कहाँ झर्छ भन्ने विषय चर्चामा रहेको थियो । दशकौपछि यति ठूलो बस्तु अनियन्त्रीत भएर पृथ्वीमा खसेको बैज्ञानीकहरुले जनाएका छन् ।

यो रकेटबाट कुनै किसिमको क्षती नभएको चीनको इन्टरनेशनल स्पेश स्टेशनले उल्लेख गरेको छ । स्टेशनका अनुसार रकेट अधिकांश भाग चलेको थियो भने केहि टुक्राहरु श्रीलंका नजिकैको हिन्द महासागरमा खसेको छ ।


Back_to_top