काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सरकारले पुराना इन्जिन गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने व्यवस्था गर्न लागेको बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो जानकारी दिएका हुन् । उनले नेपालमा धेरै वर्षदेखि इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार, भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरे पनि सरकारले अनुमति नदिएको बताएका छन् ।
‘नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरेका थिए,’ उनले लेखेका छन्, ‘तर, लोभी-पापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्दैछ ।’

