महिन्द्राले मुम्बई स्थित कान्दीभाली प्लान्टबाट उत्पादन गर्दै आएको बोलेरो पिकअप ट्रकको उत्पादन १५ लाख युनिट पुगेको छ । भारतको सबैभन्दा ठूलो युटिलिटी भेहिकल निर्माता कम्पनी महिन्द्राले बोलेरो पिकअप रेन्ज अन्र्तगत १५ लाख यूनिट उत्पादन गरेर नयाँ इतिहास बनाएको छ ।
कम्पनीले पिकअप रेन्ज अन्तर्गत बोलेरो पिकअप, म्याक्सी ट्रक प्लस, बोलेरो क्याम्पर र इम्पेरियोको बिक्री गर्दै आएको छ ।
नेपाली बजारमा समेत बिक्री वितरण हुँदै आएको पिकअप ट्रकको मूल्य १६ लाख ८० हजारदेखि ४० हजार ८० हजार रुपैयाँसम्म रहेको छ । बोलेरो पिकअप १४ सय ९८ सीसीदेखि २५ सय २३ सीसीसम्मको इन्जिनमा उपलब्ध रहेको छ ।
पिकअपको लम्बाई ५ हजार २१९ एमएम, चौडाई १ हजार ६७० एमएम, उचाई १ हजार ८६५ एमएम रहेको छ । यसको ह्वीलवेश ३ हजार २६४ एमएम र ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ । गाडीको कुल तौल २ हजार ८८० किलोग्राम रहेको छ ।
यसको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक लगाइएको छ । गाडीले करिब १७ सय किलोग्राम कार्गो बोक्न सक्ने कम्पनीले जनाएको छ । यसको कार्गाे डेकको लम्बाई भने २ हजार ७६५ एमएम रहेको छ । यी र यस्ता विशेषताले कम्पनीको उत्पादन बलेरो चर्चित बन्न पुगेको छ ।

