बाइकमा स्पोक र अलोय ह्वील मध्ये कुन ठिक ? यस्तो छ फरक

काठमाडौं ।  बजारमा बिक्री वितरण भइरहेका  अधिकांश दुईपाङ्ग्रे सवारीमा अलोय ह्वील लगाइएको देखिन्छ । अहिले प्राय सबै सवारी उत्पादक कम्पनीले आफ्ना मोटरसाइकल तथा स्कुटरमा अलोय ह्वील नै लगाउने गरेका छन् । 

कुनै समय, बाइक मोडिफाई गर्दा सबैभन्दा पहिलो प्राथमिकतामा पर्ने अलोय ह्वील अहिले बाइकको आधारभूत आवश्यकता बनेको छ । पछिल्लो समय अलोय ह्वीलको प्रयोग बढेसँगै स्पोक ह्वीलको प्रयोगमा कमी आउन थालेको छ ।

यस्तोमा स्पोक ह्वील र अलोय ह्वीलको फरक र विशेषता जानकारी दिने उद्देश्यले हामीले बनाएका हौं ।

स्पोक ह्वील

स्पोक ह्वील, अलोय ह्वीलभन्दा बढि टिकाउ योग्य मानिन्छ । अफरोड बाइक, डर्ट बाइक, स्क्राम्बलर बाइकमा बढि रुचाइने यो ह्वील पटक–पटक रिपीयर गरि प्रयोग गर्न सकिन्छ । 

अफरोड ड्राइभिङका लागि निर्माण गरिएका हिरो एक्सपल्स २००, रोयल इन्फिल्ड हिमालयन, महङ्गो मानिएको ट्रायफ स्क्राम्बलर १०० एक्ससी, डुकाटी मल्टीस्ट्राडा १२६० एन्ड्युरो मोटरसाइकल पनि ट्युबलेस स्पोक ह्वील नै लगाइएको छ । 

कुनै समस्या देखिने बित्तीकै पुन मर्मत गरि प्रयोग गर्न मिल्ने स्पोक ह्वीलको पार्ट समेत सहजै पाइन्छ । कतिपय समयमा भने, यसलाई परिवर्तन गर्न, पुनः मर्मत गर्न वा पन्चर हुँदा जोड्न चुनौतिपूर्ण बनिदिन्छ । त्यस्तो अवस्थामा ह्वील एसेम्बलीलाई नै बाहिर निकाल्नुपर्ने हुन्छ । 

साथै, केहीगरि ह्वील फुटेमा ठिक गर्न उत्तिकै झन्झटिलो बनिदिन्छ । पूर्ण रुपमा रिपियर गर्न परे वा नयाँ किन्न परे यो ह्वील निक्कै महङगो पर्ने गर्छ ।

अलोय ह्वील

विश्वमा, सन् १९७० देखि दुइपाङ्ग्रे सवारी उत्पादक कम्पनीले प्रयोग गर्दै आएको अलोय ह्वील अहिले अधिकांश मोटरसाइकल तथा स्कुटरमा राख्न थालिएको छ । यो ह्वील कास्ट आल्म्युनियमबाट बन्ने गर्छ । कम समयमै निर्माण हुने अलोय ह्वील तुलनात्मक रुपमा  स्पोक ह्वीलभन्दा सस्तो हुने गर्छ । 

बाहिरी बनावटबाट आकर्षक देखिने यो ह्वील कम बजेटका बाइकमा पाउन सकिन्छ । यसले बाइकका पर्फेन्सलाई बढाउने काम गर्छ भने, ज्यादा हर्ष पावर र टर्कको दबाब बीचपनि टिक्ने  गर्छ । 

हाईस्पीडमा स्टेबल रहने यो टायर तिव्र गतिमा मोड्दा समेत सहजै मोडिने गर्छ । ट्युबलेस हुने भएकाले पन्चर हुँदा बनाउँन र टायर बदल्न समेत सहज हुने गर्छ भने, स्पोक ह्वीलभन्दा सस्तो मूल्यमा खरिद गर्न सकिन्छ ।

यद्यपी, अलोय ह्वील कतिपय अवस्थामा खराब बनिदिन्छ । केही लचिलो हुनेबित्ती कै यो टायरमा समस्या सिर्जना हुने संभावना उच्च रहन्छ । हाई स्पीडमा पुग्दा, खाल्डा खुल्डी तथा ढुंङ्गा छापिएको सडक वा स्प्रिड ब्रेकर लगाइएको सडकमा गुडिरहेको अवस्थामै ह्वील क्र्याक हुने सम्भावना हुन्छ । 


Back_to_top