अग्नि ग्रुपले खोल्यो बारामा महिन्द्राको सर्भिस सेन्टर

काठमाडौं। महिन्द्रा फोरव्हीलरको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटोवर्क्स्ले बाराको जीतपुर–सीमरामा आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ। उक्त सेवा केन्द्र ‘सिमरा अटो जोन’ बालाजु अटोवक्र्सको अधिकृत डिलर भएको कम्पनीले जनाएको छ।

प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल र बालाजु अटो वर्क्स्का प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका छन्। कार्यक्रममा सिमरा अटो जोनका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्रीसहित स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य बारासँगै यसआसपासका क्षेत्रका ग्राहकहरूलार्ई सुविधाजनक र किफायती सेवा पुर्याउनु हो। सेवा केन्द्रले कम्पनीले प्रदान गर्ने सबै प्रकारका गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउने उद्देश्य छ, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बालाजु अटो वर्क्स्का प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले सबै महिन्द्रा सर्भिसिङ सेन्टरहरूबाट ग्राहकहरुलाई सन्तुष्टि पुग्ने गरी निरन्तर सेवा प्रदान गर्न कम्पनी केन्द्रित रहेको बताए।

यस सर्भिस सेन्टरबाट महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगात ब्राण्डका गाडीहरुको बिक्री, सेवा साथै सक्कली स्पेयर पार्ट्स उपलब्ध हुने कम्पनीले जनाएको छ।


Back_to_top