बजाज पल्सर १८० को विक्री सुरु हुँदै, पुग्यो डिलर नेटवर्कमा

काठमाडौं । बजाजले पल्सर १८० को २०२१ भर्सन भारतीय मोटरसाइक डिलर नेटवर्कमा पुगेको छ । कम्पनीले यसअघि २०१८ मा यो मोटरसाइकलो विक्री बन्द गरेको थियो । सुरुमा नेपालमा पनि विक्री हुने पल्सर १८० पछि बन्द भएको मोडल हो ।

बजाज मोटरसाइकलले आफ्नो पल्सर सिरिजलाई थप मजबुद बनाउन पल्सर १८० ल्याएको जनाएको छ । विशेषत टीभीएस अपाचे सिरिज, हिरो एक्स्ट्रीम १६० आर र होन्डा हर्नेट १.० जस्ता मोडलसँग प्रतिस्पर्धामा खरो उत्रन कम्पनीले पल्सर १८० ल्याएको हो।

पल्सर १८० लाई १५० कै समान डिजाइनमा बजारमा उतार्ने प्रयास कम्पनीले गरिरहेको छ । दुबै चक्कामा डिस्क ब्रेक, हेलोजिन हेडल्याम्पको साथ ट्वीन पाइलट लाइट, विकिनी फियरिङ, मस्कुलर फ्यूल ट्याङक, सार्प टेल लाइट सेक्सन जस्ता विशेषता पल्सर १८० मा रहेको छ ।

पल्सर १८० मा दुबै १७ इन्चको अलोय ह्वील प्रयोग हुने छ । पल्सर १५० को जस्तै सेमि डिजिटल इन्ट्रुमेन्ट कन्सोल रहने छ भने अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि ट्वीन ग्यास चार्जर शक एब्जर्बर रहको छ ।

बजाजले यसमा १७८.६ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन प्रदान गर्नेछ । उक्त इन्जिनले अधिकतम १७.०२ पीएस पावर र १४.५२ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।

नेपाली बजारमा १८० सीसी सेग्मेन्टका मोटरसाइकलको विक्री बढ्दो रहेको छ । हाल नेपाली बजारमा टीभीएस, बेनेली, होन्डा जस्ता कम्पनीका मोटरसाइकल विक्र भइरहेको छ भने होन्डा हर्नेट २.० सार्वजनिक हुने तयारीमा रहेको छ । यस्तोमा बजाजले पल्सर १८० चाडै नेपाल भित्र्याउने अनुमान गरिएको छ ।


Back_to_top