काठमाडौं । टाटा मोटर्सले जस्तै अर्को भारतीय ब्राण्ड महिन्द्राले पनि आफ्नो सबै आइसीई मोडललाई इलेक्ट्रीक अप्सनमा ल्याउने भएको छ ।
हालै एक कार्यक्रममा महिन्द्राका सीईओ राजेश जेजुरीकरले आफ्नो सबै आइसीई मोडलहरू इलेक्ट्रीफाइ हुने जानकारी दिएका हुन् । उनले लगानीकर्ताहरूलाई दिएको प्रिजेन्टेसनमा बोलेरो तथा स्कर्पीयो पनि इलेक्ट्रीफाइ हुने बताएका हुन् ।
महिन्द्राले आफ्नो एक्सयूभी र थारलाई इलेक्ट्रीक भर्सनमा ल्याउने निर्णय गरिसकेको छ । महिन्द्राले एसक्यूभी ३०० को बेसमा एक्सयूभी ४०० ईभी ल्याइसकेको छ भने एसक्सयूभी ७०० को बेसमा बनेको एक्सयूभी ई८ को परीक्षण गरिरहेको छ । त्यस्तै, कम्पनीले गत अगस्टमा इलेक्ट्रीक थारको कन्सेप्ट देखाएको थियो ।
महिन्द्राले थारई स्केटबोर्ड प्ल्याटफर्म इनग्लोको मोडिफाइ भर्सन पीवान बनेको छ । यो प्ल्याटफर्ममा २७७५ देखि २९७५ एमएमको ह्वीलबेस भएका ईभीहरू बन्न सक्नेछ । अहिले उत्पादन भइरहेको बोलेरोको २६८० र स्कर्पियोको २७५० एमएमको ह्वीलबेस रहेको छ ।
महिन्द्राका अन्य ईभीहरूमा जस्तै स्कर्पियो र बोलेरोमा इलेक्ट्रीक मोटर र ब्याट्रीप्याक पनि समान हुनेछ । महिन्द्राको नयाँ ईभीमा ६० देखि ८० किलोवाट आवरसम्मको ब्याट्रीप्याक हुनेछ । जसले एक पटकको फुलचार्जमा ३२५ देखि ४५० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज दिनेछ ।
महिन्द्राको इलेक्ट्रीक स्कर्पियो तथा बोलेरो लन्च हुने मिति बारे केही जानकारी दिइएको छैन । यद्यपि, महिन्द्राले सन् २०३० सम्ममा ७ वटा इलेक्ट्रीक भेहिकल लन्च गरिसक्ने यस अघि नै घोषणा गरिसकेको छ ।