एकै वर्ष ५ एसयूभी बजारमा ल्याउँदै महिन्द्रा

काठमाडौं । महिन्द्राले सन् २०२६ मा ५ नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । भारतीय एसयूभी एक्सपर्ट मानिने महिन्द्राले ल्याउने नयाँ एसयूभी पेट्रोलियम पदार्थ र इलेक्ट्रीकबाट चल्ने हुनेछ ।

मूल्यका हिसावले निकै महत्वपूर्ण मानिने भारतीय बजारमा कम्पनीले विभिन्न प्राइस रेन्जमा एसयूभी ल्याउने योजना तयार पारेको हो । छिट्टै एक्सयूभी ७०० को अपडेटेड मोडल बजारमा ल्याउने कम्पनीले अन्य नयाँ मोडल पनि तयार पारिरहेको छ ।

प्रिमियम एसयूभी ‘एक्सयूभी ७००’को इन्टेरियर र एक्सटेरियरमा धेरैथरिको कस्मेटीक अपडेट हुँदैछ । यो एसयूभीको ड्यासबोर्डमा ट्रीपल स्कृन लेआउट आउने बताइएको छ । यसको इलेक्ट्रीक भर्सन पनि आगामी वर्ष आउने बताइन्छ ।

महिन्द्राले एक्सयूभी थ्रीएक्सओमा आधारित कम्प्याक्ट इलेक्ट्रीक एसयूभी पनि बजारमा ल्याउने छ । यसअघि ल्याएको इलेक्ट्रीक एक्सयूभी ४०० भन्दा कम मूल्यमा आउने थ्रीएक्सओ इलेक्ट्रीक एसयूभीमा दुई साइजको ब्याट्री दिने कम्पनीले जनाएको छ । एक्सयूभी थ्रीएक्सओ ईभीले ४५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

महिन्द्राले यसअघि लन्च भएको बीई सिक्समा रगेड तथा अफरोड फिचरहरु दिएर नयाँ भर्सन लन्च गर्ने योजना बनाएको छ । त्यस्तै, इलेक्ट्रीकमै कम्पनीले एक्सयूभी ई८ कन्सेप्टमा थ्रीरो इलेक्ट्रीक एसयूभी पनि आगामी वर्षको मध्यसम्ममा लन्च गर्ने योजना बनाएको हो ।

महिन्द्राले सन् २०२५ को स्वतन्त्रता दिवसमा नयाँ आर्किटेक्चर सहित ४ वटा नयाँ एसयूभी कन्सेप्ट देखाएको थियो । यी एसयूभीहरु समेत क्रमिक रुपमा सन् २०२७ सम्ममा लन्च गर्ने कम्पनीको योजना छ ।


Back_to_top