काठमाडौं । नेपाली बजारमा महिन्द्राको नयाँ इलेक्ट्री एसयूभी एक्सईभी नाइन एस सार्वजनिक भएको छ ।
नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रता अग्नि इनकर्पोरेटेडले नाइमा मोबिलिटी एक्स्पोबाट एक्सईभी नाइन एस बिक्री सुरू गरेको हो ।
कम्पनीले एक्सईभी नाइन एसको मूल्य ६० लाख रुपैयाँ तोकेको छ ।
नयाँ एसयूभी एक्सईभी ९ एस मोडल निकै परम्परागत एसयूभी शैलीमा तयार गरिएको छ । भारतमा तीन ब्याट्री अप्सनमा उपलब्ध एक्सईभी नाइन एस नेपालमा ५९ किलोवाट आवर र ७९ किलोवाट आवरमा आएको हो ।
एक्सईभी एसको फ्रन्टमा आकर्षक एलईडी लाइटबार, क्लोजअफ ग्रिल, र मस्कुलर बम्पर डिजाइन दिइएको छ । एक्सइभी ईको कुपे शैलीको ढल्किएको छाना हटाएर यसमा बाक्स सेपको परम्परागत एसयूभी रूफलाइन प्रयोग गरिएको छ ।
नयाँ एक्सईभी एसमा २७६२ एमएम लामो ह्वीलबेस छ । यसमा १८ इन्चको अलोय ह्वील पाउन सकिन्छ । महिन्द्राले यो एसयूभीलाई आकर्षक लुक दिनुभन्दा आरामदायी यात्रालाई प्राथमिकतामा राखेको देखिन्छ ।
क्याबिनमा पनि अत्याधुनिक प्रविधि र सुविधाको भरमार प्रयोग गरिएको छ । ड्यासबोर्डमा ट्रिपल स्क्रिन सेटअप पाउन सकिन्छ । प्यानोरामिक सनरुफ, वायरलेस फोन चार्जर, ३६० डिग्री क्यामेरा र डुअल जोन क्लाइमेट कन्ट्रोलले सु सज्जित छ ।
महिन्द्राले यसमा १६ स्पिकरयुक्त हार्मन अडियो सिस्टम, डल्बी एट्मस, हेडअप डिस्प्ले, एडास २.०, मेमोरी ड्राइभर सिट र एयर प्युरिफायर जस्ता फिचर दिएको छ ।
७ सिट क्षमताको यो एसयूभीको दोस्रो पंक्तिका सिटमा पनि भेन्टिलेटेड सिट, स्लाइड तथा रिक्लाइन सुविधा, सन ब्लाइन्ड, ट्रे टेबल, वायरलेस चार्जर र इन्टरटेनमेन्ट स्क्रीन पाउन सकिन्छ । तेस्रो पंक्तिका सिट भने बालबालिका वा छोटो दूरीका यात्राका लागि दिइएको हो ।


