मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक कार ‘फ्युचर–इ’ तयार गरेको छ कम्पनीले उक्त इलेक्ट्रीक कारलाई अटो एक्स्पो २०२० मा शोकेस गर्ने भएको हो ।
धेरै समय अगाडिदेखि कम्पनीले ५० यूनिट प्रटोटाइप बनाएर विभिन्न स्थानमा यसको परिक्षण गरिरहेको थियो । यसलाई कम्पनीले जापानी स्पेशक वागेनआरको प्ल्याटफर्ममा तयार गरेको हो ।
यसमा कम्पनीले मारुती सुजुकी इग्नीसमा प्रयोग गरिएको अलोय ह्वील दिएको छ भने बाहिर आएको तस्विरमा प्रस्ट नदेखिएपनि यसमा ठूलो डिजिटल डिस्प्ले दिइएको देखिन्छ । कारको ड्यासबोर्डमा एसी भेन्टहरु लगाईएको छ भने, ग्लोबबक्स, गियर लिभर जस्ता फिचर सार्वजनिक भएको तस्विरमा देख्न सकिन्छ ।
भर्टिकल टेलल्याम्पको साथमा आउने इभीमा धेरै जस्ता एक्स्टेरियर फिचरहरु वागेनआरबाट लिइएको छ ।
कम्पनीले ल्याउने इलेक्ट्रीक कारलाई एक पटकको फुल चार्जमा २०० किलोमिटर गुडाउन सकिने जनाइएको छ । यसका अलावा यसको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


