मारुती सुजुकीले इग्नीश लिमिटेड एडिसनको मूल्य निर्धारण गरेको छ । कम्पनीले एक सातापूर्व नयाँ संस्करणबारे जानकारी गराए तापनि मूल्य भने तोकेको थिएन ।
यो संस्करणमा फक्स स्किड प्लेट, रकर प्यानल गार्निस, डोर क्लेडिङ्गकासाथै स्पोर्टी रुफ स्पोइलरलगायतका विशेषता दिइएको छ । कारमा उपलब्ध एशोसरिज प्याकेजको मूल्य ४२ हजार ८ सय ७५ भारु तोकेको छ ।
कम्पनीले सो मूल्यमा १२ हजार ८ सय ८४५ भारु छुट गरी २९ हजार ९ सय ९० रुपैयाँमा एशोसरिज उपलब्ध गराउने जानकारी दिएको छ । यसमा स्पोइलर पेन्टको चार्ज भने समावेश गरिएको छैन ।
यो संस्करणमा कुनै मेकानिकल परिमार्जन गरिएको छैन । यसमा के–१२ एम १.२ एनफोर सिलिन्डर पेट्रोल इन्जिन लगाइएको छ । यसले ६ हजार आरपीएममा ८२.९४ पीएस पावरकासाथै ४२ सय आपीएममा ११३ एनएमटर्क उत्पादन गर्छ ।
डी–१३ ए १.३ लिटर डिजेल इन्जिनको अप्सन दिइएको छ । कारमा फाइभ–स्पीड म्यानूअल ट्रान्समिसनकासाथै फाइभ–स्पीड अटोमेटिक म्यानूअल ट्रान्समिसन दिइएको छ । यसले प्रतिलिटर २८ किलोमिटर माइलेज प्रदान गर्छ ।
कम्पनीले डेल्टा ग्रेडको मूल्य ५ लाख २७ हजार ७ सय ८१ भारु तोकिएको छ भने लिमिटेड एडिसनको मूल्य ५ लाख ५७ हजार ७ सय ७१ भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाली बजारमा मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटो कर्पले गर्दै आएको छ । तर, यसलाई नेपाली बजारमा ल्याउने नल्याउने कम्पनीले केहि बताएको छैन ।

