मारुती सुजुकीले खोल्यो २३ हजार स्क्वाएर फिटमा सुविधा सम्पन्न सर्भिस सेन्टर

काठमाडौं । मारती सुजुकीको आधिकारीक वितरक सीजी मोटोकर्पले काठमाडौंको डल्लुमा विश्व स्तरिय सर्भिस सेन्टर संचालनमा ल्याएको छ । उक्त सर्भिस सेन्टर २३ हजार ३८१ स्क्वायर फिटको क्षेत्रफलमा फैलिएको छ।

उक्त सर्भिस सेन्टरको उद्घाटन सुजुकी मोटर कर्पोरेसन म्यानेजिङ अफिसर किन्जी साइतो तथा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीले गरेको थिए । 

उक्त सर्भिस सेन्टरले प्रतिमहिना २ हजार कारलाई सर्भिस दिनसक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । यहाँ ११ वटा सर्भिस क्षेत्रहरु यसमा रहेका छन् । जसमा दुई वटा एक्स्प्रेस तथा एउटा ह्विल एलाइनमेन्ट क्षेत्र रहेको कमपनीले जनाकारी गराएको छ। यसमा एटीएस एल्गी कम्पनीका अत्याधुनिक उपकरण प्रयोग गरिएका छन् ।

सुजुकीको डाइग्नोस्टिक टुल्सहरुद्वारा सुसज्जित गरिएको यस सेन्टरमा ३ ह्विल एलाइनमेन्ट सिस्टम, अटो ब्रेक विल्डर, सेन्ट्रलाइज लुब्रिकेन्ट सिस्टम, फ्युल इन्जेक्टर क्लिनर्स, एयर कण्डिसन, रिफ्लानिङ, लिकेज डिक्टेटर ह्विल ब्यालेन्सरलगायत अन्य सुजुकीको गाइडलाइन अनुसर सम्र्पूण स्पेसल टुल्सहरु राखिएको कम्पनीले जनाएको छ।

बिक्री पछिको सहज एवं गुणस्तरिय सेवा प्रदान गर्न ग्राहकमुखि सेवा प्रदान गर्न यस युनिटको स्थापना गरिएको कम्पनीले जनाएको छ ।

जसले ग्राहकलाई सभिसिङको जानाकारी प्रदान गरि पोष्ट सर्भिस क्वालिटी चेक समेत गर्ने गर्दछ। सर्भिस सेन्टरमा अत्याधिक प्रविधिको प्रयोग गरिएको छ।


Back_to_top