‘मारुती सुजुकी जेन’ ६६० सीसीको इन्जिनमा, दिनसक्छ सर्वाधिक माइलेज

मारुती सुजुकीले भारतीय प्रदुषण मापदन्ड बिएस–६ मा आधारित रहेर नयाँ ह्याचब्याक कार बजारमा ल्याउने भएको छ । कम्पनीले उत्पादन कोड नेम ‘वाई१के’ राखेर निर्माण गरिरहेको नयाँ ह्याचव्याकको नाम ‘जेन’ राख्न सक्ने कुरा बाहिर आएको हो ।

जेन मारुती सुजुकीको भारतीय बजारमा निकै चर्चित मोडल हो । जुन नेपाली बजारमा पनि निकै चर्चित रहेको थियो । कम्पनीले यसमा ६६० सीसी टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिने जनाएको छ । 

बजेट कारको माग बढी रहेको समयमा कम्पनीले जेनलाई मिनी एसयूभी स्टाइलमा ल्याउन लागेको हो । कम्पनीले रेनो क्वीड र आफ्नै इग्नीस मोडलको माग र चर्चालाई मध्यनजर गर्दै नयाँ सेग्मेन्ट (ए२)मा जोड दिएको हो । 

यसमा दिइने ६६० सीसीको टर्बो चार्ज्ड इन्जिनले ५१ पीएस पावर र ६३ एनएम टर्क उत्पादन गर्नेछ । संभवत यो मारुती सुजुकीको सबै भन्दा बढी माइलेज दिने कार बन्न सक्ने छ । 

भारतीय बजारमा अहिलेसम्मकै निकै राम्रो रिसेल भ्यालु आउने मध्यमा पर्ने जेन कारलाई कम्पनीले क्रसओभर कारको रुपमा बजारमा ल्याउने छ । कारलाई उत्कृष्ट बनाउन इफोटेन्टमेन्ट सिस्टम यसमा दिनेछ ।  

सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसिस्ट, स्पीड एसिस्ट, रिर्भस पार्किङ क्यामेरालगायतका फिचर रहने छन् । 


Back_to_top