काठमाडौं । नेपाल सरकारले केही समयअघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउन्टर खोली बैंकिङ कारोवार शुरु गर्ने सम्बन्धी सम्झौंतामा हस्ता क्षर गरेको छ ।
आज एक कार्यक्रम आयोजना गरि बिभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौंतामा हस्ताक्षर गरेका हुन् ।
झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले अर्को हप्ता देखि काउन्टर संचालनमा ल्याउने छ ।
बैंकको सेवा प्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिङ सेवाहरु प्राप्त गर्नेछन् । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने बिश्वास बैंकले लिएको विज्ञप्तीमा उल्लेख छ ।

