रोयल इन्फिल्डले रियर डिस्क–ब्रेकसहित बुलेट बाइक सार्वजनिक गरेको छ । भारतीय बजारमा पुरानोको तुलनामा करिब ५ हजार भारतीय रुपैयाँ महंगो रहेको डबल डिस्क बुलेट केही महिना भित्रै नेपाली बजारमा आउने छ ।
तर, नेपाली बजारमा यसको मूल्य पुरानोको तुलनामा १५ हजार रुपैयाँ महंगो हुने अनुमान गरिएको छ । ट्वीन डिस्कको अलावा बुलेटमा कुनै पनि मेकानिकल परिवर्तन गरिएको छैन ।
रोयल इन्फिल्डको बुलेट–३५० मा ३४६ सीसी, सिङ्गल सिलिन्डर, एयर–कूल्ड इन्जिन दिइएको छ । जसले १९ बीएचपी पावर र २८ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा फाइभ–स्पीड गियरबक्स जडान गरिएको छ ।
कम्पनीले बुलेटको एबीएस भर्सनबारे भने कुनै आधिकारीक जानकारी दिएको छैन । मिडिया रिपोर्टकाअनुसार कम्पनीले बुलेटको एबीएस भर्सन २०१९ मा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

