एमएडब्लूले ल्यायो हायर पर्चेज एप, मोवाइलबाटै बाइकको किस्ता तिर्न मिल्ने

काठमाडौं । एमएडब्लू ग्रुपले एमएडब्लू हायर पर्चेज एप सार्वजनिक गरेको छ । कम्पनीले हायर पर्चेज कर्जाको सम्पुर्ण विवरण हेर्न मिल्ने एप सार्वजनिक गरेको हो ।

पारदर्शिता, सुरक्षित र सुविधाजनक किस्ता भुक्तानी प्रणाली, रियल–टाइम सेटलमेन्ट र नोटिफिकेसनका साथै अन्य धेरै सुविधाहरु रहेको एप कम्पनीले सार्वजनिक गरेको हो ।

ग्राहकले कर्जा विवरण,रकम को भुक्तानी, कर्जा अवस्थाको रियल टाइम नोटिफिकेसन जस्ता फिचर उपलब्ध छ ।

एमएडब्लू हायर पर्चेजले दुई पाङ्ग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधनहरु र कृषि उपकरणहरूलाई समेत ऋण उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले हालसम्म ३० हजारभन्दा धेरै ग्राहकलाई कर्जा सेवा उपलब्ध गराइसकेको जनाएको छ ।


Back_to_top