दुई वर्ष सर्भिसिङ गर्नु नपर्ने मेक्ससको इलेक्ट्रीक पीकअप

काठमाडौं । चिनियाँ ब्राण्ड मेक्ससले आफ्नो चर्चित पीकअप टी ६० लाई इलेक्ट्रीक भर्सन पनि ल्याएको छ । कम्पनीले ल्याएको इलेक्ट्रीक पीकअपलाई ३० हजार किलोमिटर वा २ वर्षमा एकपटक सर्भिसिङ गर्दा हुने कम्पनीको दावी छ ।

एसएआईसी ग्रुप अन्तर्गतको मेक्सस ब्राण्डको इलेक्ट्रीक पीकअप निकै आकर्षक फिचरमा उपलब्ध भएको छ । अष्ट्रेलियन बजारमा विक्री सुरु भएको टी ६० राइट ह्याण्ड ड्राइभमा तयार भएको कारण चाँडै नेपाल आउने अपेक्षा गर्न सकिन्छ ।

मेक्सस ब्राण्डका गाडी पारामाउन्ट मोटर्सले आधिकारीक रुपमा विक्री सुरु गर्ने तयारी गरिरहेको छ । कम्पनीले डिजेलबाट चल्ने टी ६० पीकअप नेपालमा विक्री सुरु गर्दैछ । त्यसैले चाँडै यसको इलेक्ट्रीक भर्सन नेपाल आउने अपेक्षा गरिएको छ ।

मेक्ससले टी ६० को इलेक्ट्रीक भर्सनमा पीकपावर १३० किलोवाट क्षमताको मोटर दिएको छ भने ८८.५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिएको छ । यसमा रहेको ब्याट्रीले सिंगल चार्जमा ३३० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ । फास्ट चार्जरले २० देखि ८० प्रतिशत चार्ज गर्न केबल ४५ मिनेट लाग्ने यस पीकअपको टर्क ३१० एनएम रहेको छ ।

अधिकांश फिचर डिजेल भर्सनबाट दिइएको यसको दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध टी ६० पीकअपमा १९ इन्चको ह्वील, इबीडी सहितको एबीएस, इएसपी, इबीए, हिल डिसेन्ट कन्ट्रोल, दुई एयरब्याग, टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर, रियर क्यामेरा जस्ता फिचर उपलब्ध छन् ।

मेक्सस टी १६० पीकअपको लम्बाई ५३६५ एमएम, चौडाई १९०० एमएम र उचाई १८०९ एमएम रहेको छ । यसमा ३१५५ एमएमको ह्वीलवेस पाउन सकिन्छ । मेक्सस टी ६० मा २१५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ ।

चालकको सहजताको लागि एड्जस्टेवल ड्राइभर सिट, अगाडि र पछाडि नै एसीको राम्रो उपलब्धता, एयर प्यूरिफायर, एड्जस्टेवल स्टेरिङ ह्वील, फेब्रिक सिट, सेन्ट्रल लकिङ पावर विन्डो, ४ वटा स्पीकर, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, रिमोर्ट कि जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top