बाहिर आयो ‘माज्दा ईजेड-६०’, दीपलका कारसँगै धेरै मिल्दो

काठमाडौं । दीपलका कार तयार भएको ‘ईपीए-१ मोड्युलर आर्किटेक्चर’मा आधारीत क्रसओभर एसयूभी माज्दा ईजेड-६० तयार भएको छ । कम्पनीले नयाँ इलेक्ट्रीक मोडलको तस्बिर सार्वजनिक गर्दै बजारमा आउन तयार रहेको जानकारी दिएको हो ।

सन् २०१२ देखि नै चीनमा चांगान र माज्दा बीच सहकार्य हुँदै आएको छ । यी दुई कम्पनी मिलेर बनाएको चांगान माज्दाको उत्पादन प्लाण्ट नान्जिङमा रहेको छ । अहिले यी दुई कम्पनीको सहकार्यमा चीनमा ५ मोडल बिक्री हुँदै आएको छ । पछिल्लो दिनमा ईभीको माग सम्बोधन गर्न यी दुई कम्पनीले ईजेड-६० बजारमा ल्याउन लागेको हो ।

अहिले माज्दाले बिक्री गर्दै आएको ईजेड-६ सेडानसँग मिल्दो जुल्दो डिजाइनमा देखिएको ईजेड-६० मोडल आगामी सांघाई अटो शोमा प्रदर्शनी हुनेछ । स्लिक बडी डिजाइन, स्प्लीट हेडलाइट, एलईडी रनिङ लाइट, फ्लस डोर ह्याण्डलबार, स्लिक रुफलाइन दिइएको देखिन्छ ।

तस्बिर बाहिर ल्याए पनि ईजेड-६० मा रहने फिचर लगायतका कुराको बारेमा कुनै जानकारी बाहिर आएको छैन । यसको डिटेल जानकारी पाउन अप्रिल २३ तारिखसम्म कुर्नु पर्ने हुन्छ ।


Back_to_top